काँग्रेस विभाजन लोकतन्त्रका लागि सुखद होइन : योगेश भट्टराई
काठमाडौँ। नेपाली काँग्रेसको हालको अवस्थालाई लिएर नेकपा एमालेका नेताहरूले चासो व्यक्त गर्नुभएको छ।
विशेष महाधिवेशनबाट गगन थापा पक्षले नयाँ नेतृत्व चयन गरेसँगै काँग्रेस विभाजित भएको छ। निर्वाचन आयोगले थापा पक्षलाई आधिकारिकता दिएसँगै यसले आगामी निर्वाचनमा ठूलो प्रभाव पार्ने विश्लेषण गरिएको छ।
काँग्रेसको हालको स्थितिबारे एमाले उपमहासचिव योगेशकुमार भट्टराईले विभाजनसम्बन्धी विवादलाई कानूनी र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्न सकिने बताउनुभयो।
उहाँले अदालत जान सबै खुला रहेको र अदालतमा आफूलाई ठिक नलागेपछि उजुरी लिएर जान सकिने बताउनुभयो।
उहाँले भन्नुभयो, ‘देश‚ जनता र लोकतन्त्रका लागि अहिलेको अवस्थामा काँग्रेस फुट्नु सुखद होइन।’
एमाले उपाध्यक्ष रघुजी पन्तले काँग्रेसको यो फुटलाई देश, जनता र लोकतन्त्रका लागि नकारात्मक भएको बताउनुभयो। निर्वाचन आयोगले शुक्रवार गगन थापा पक्षलाई पार्टीको आधिकारिकता प्रमाणित गरेको छ।
संस्थापन पक्षले भने निर्वाचन आयोगले एकलौटी रूपमा निर्णय गरेको र आफूहरू सर्वोच्च अदालतमा उजुरी लिएर जाने बताएको छ।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...




