चिलीको वन डढेलोमा परी मृत्यु हुनेको संख्या १८ पुग्यो
चिलीका राष्ट्रपति ग्याब्रिएल बोरिकले देशको मध्य–दक्षिणी क्षेत्रमा विनाश निम्त्याइरहेको वन डढेलोका कारण मृत्यु हुनेको संख्या १८ पुगेको र यो संख्या अझै बढ्ने सम्भावना रहेको बताउनुभएको छ ।
सान्टियागोबाट करिब ५०० किलोमिटर दक्षिणमा रहेको बायोबियो क्षेत्रको कन्सेप्सनमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले अहिलेसम्म १८ जनाको मृत्यु भएको पुष्टि गर्नुभयो । यो संख्या बढ्ने बताउनुभयो ।
प्रारम्भिक अनुमानअनुसार बायोबियोमा मात्रै करिव ३ सय घरहरू ध्वस्त भएका छन् । अन्तिम क्षति १ हजार घरभन्दा बढी हुनसक्ने चेतावनी दिइएको छ । पेन्को, नासिमिएन्टो र लाजा जस्ता नगरपालिकाहरूमा कफ्र्यु आदेश जारी गरिएको छ ।
राष्ट्रिय वन निगमकाअनुसार हाल १४ वटा डढेलो रेड अलर्ट अन्तर्गत सक्रिय छन् भने देशभर २४ हजार हेक्टरभन्दा बढी क्षेत्रफल डढेलोले सखाप पारेको छ । यस विपद्को सामना गर्न राष्ट्रपति बोरिकले नुब्ले र बायोबियो क्षेत्रमा संकटकालको घोषणा गरेका छन् ।
ताजा अपडेट
-
१.
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
-
२.
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
-
३.
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
-
४.
औद्योगिक रूपान्तरणमा केन्द्रित अफ्रिका इनर्जी इन्डाबा २०२६ केप टाउनमा शुरु
-
५.
खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह
ट्रेन्डिङ
सम्बन्धित समाचार
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...
औद्योगिक रूपान्तरणमा केन्द्रित अफ्रिका इनर्जी इन्डाबा २०२६ केप टाउनमा शुरु
ऊर्जा सुधार, पूर्वाधार विस्तार र क्षेत्रीय एकीकरणमार्फत अफ्रिकाको औद्योगिक रूपान्तरणलाई अघि बढाउने उद्देश्यका साथ मंगलवार दक्षिण अफ्रिकाको केप टाउनमा...




