नेप्से परिसूचकमा ४२ अङ्कको वृद्धि, करिब १२ अर्बको कारोबार
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ। आज नेप्से परिसूचक ४२ दशमलव २६ अङ्कले बढेर दुई हजार ७१४ दशमलव ८१ को बिन्दुमा कायम भएको हो। यो एक दशमलव ५८ प्रतिशतको वृद्धि हो।
आज ३३९ कम्पनीको दुई करोड ५१ लाख ८५ हजार ६४७ कित्ता शेयर एक लाख १५ हजार १८१ पटक खरिदबिक्री हुँदा रु ११ अर्ब ८५ करोड ८४ लाख २१ हजार ७० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ। बैङ्किङ एक दशमलव २४, विकास बैङ्क एक दशमलव ४५, वित्त शून्य दशमलव ९७, होटल तथा पर्यटन तीन दशमलव ३६, जलविद्युत् एक दशमलव ७७ र लगानी समूह दुई दशमलव ५४ प्रतिशतले बढेको छ। त्यस्तै, जीवन बीमा एक दशमलव ८६, उत्पादन तथा प्रशोधन एक दशमलव ३९, लघुवित्त एक दशमलव ५४, म्युचुअल फन्ड एक दशमलव ०४, निर्जीवन बीमा एक दशमलव ६५, व्यापार शून्य दशमलव ३७ र अन्य समूह एक दशमलव ४४ प्रतिशतले बढेको छ।
आजको कारोबारमा गुर्खाज फाइनान्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने एसबिएल डिबेञ्चर २०८९ को शेयर मूल्य चार दशमलव २३ प्रतिशतले घटेको छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
२.
सार्वजनिक पदमा बसेकाहरुले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने संकल्पमा विचलित हुन मिल्दैनः मधेस प्रदेश प्रमुख कर्ण
-
३.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
४.
मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
-
५.
हरेक व्यक्ति कानूनी र नैतिकताको दायराभित्र रहनुपर्छः प्रदेश प्रमुख देवकोटा
सम्बन्धित समाचार
नेप्सेमा गिरावट
काठमाडौं। सेयरबजारमा २०.७५ अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से घटेर २६४२.१५ विन्दुमा ओर्लिएको हो। यस दिन...
सार्वजनिक ऋणको दायित्व व्यवस्थापनः ६ महिनामै १ खर्ब ८७ अर्ब सकियो
काठमाडौँ। मुलुकको सार्वजनिक ऋण प्रत्येक वर्ष चुलिदैँ जाँदा त्यसबाट सिर्जित दायित्व व्यवस्थापनमा अर्बौं खर्च भइरहेको छ । अर्थ मन्त्रालयका...
घट्यो सुनको भाउ
काठमाडौँ। सुनको मूल्य घटेको छ। सोमबार प्रतितोला तीन हजार रूपैयाँ घटेको सुनको भाउ आज तोलामा ९ सय रूपैयाँ घटेको...
दुई फर्मलाई नगद जरिवाना
काठमाडौँ। नियमित रूपमा बजारको अनुमगन गर्दै कानुन कार्यान्वयन गराउँदै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले दुई वटा फर्मलाई नगद...




