Breaking News

निर्वाचनका लागि उत्साहजनक रूपमा मनोनयन दर्ता भएको प्रधानमन्त्रीको दाबी

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उत्साहजनक रूपमा मनोनयन दर्ता भएकोमा खुसी व्यक्त गर्दै मुलुकबाट अब अन्योल र अनिश्चितताको अवस्था पूर्ण रूपमा अन्त्य भएको बताउनुभएको छ।

मंगलबार उम्मेदवारी मनोनयन प्रक्रिया सम्पन्न भएपछि विशेष सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले यसलाई लोकतन्त्रको अर्को महत्वपूर्ण कोशेढुङ्गा भएको उल्लेख गर्नुभएको छ। निर्धारित समयभित्र मनोनयन दर्ता गराउने सबै राजनीतिक दल र उम्मेदवारप्रति उनले आभार व्यक्त गर्नुभएको छ।

प्रतिनिधि सभाका १६५ पदका लागि ३ हजार ४ सयभन्दा बढी उम्मेदवारले मनोनयन दर्ता गराएको तथ्यले लोकतान्त्रिक प्रणालीप्रति नेपाली जनताको गहिरो विश्वास पुष्टि भएको प्रधानमन्त्रीको भनाइ छ। यो राष्ट्रिय उत्साहले लोकतन्त्रलाई सुदृढ बनाउन नेपाली जनता सचेत र सक्षम रहेको प्रमाणित गरेको उनले उल्लेख गर्नुभएको छ।

निर्वाचनको सुरक्षा व्यवस्थाबारे स्पष्ट पार्दै प्रधानमन्त्री कार्कीले सरकारले सुरक्षामा कुनै पनि प्रकारको सम्झौता नगर्ने बताउनुभएको छ। निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न सरकार पूर्ण इमानदारीका साथ लागेको र सबै सुरक्षा संयन्त्र उच्च सतर्कता तथा व्यावसायिक मनोबलका साथ परिचालित रहेको जानकारी दिनुभएको छ।

सम्बन्धित समाचार

सकियो राष्ट्रिय सुरक्षा बैठक, के के भयो निर्णय?

सकियो राष्ट्रिय सुरक्षा बैठक, के के भयो निर्णय?

काठमाडौँ। राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढङ्गबाट सम्पन्न गर्न कुनै किसिमको अभाव हुन नदिने...

झापा २ मा नमुना मतपत्रसहित युवक पक्राउ

झापा २ मा नमुना मतपत्रसहित युवक पक्राउ

काठमाडौं। झापा क्षेत्र नं २ मा नमूना मतपत्रसहित एक व्यक्ति पक्राउ परेका छन्। बिर्तामोड नगरपालिका–५ बस्ने वर्ष ५१ को...

राष्ट्रपतिलाई प्रधानमन्त्रीको निर्वाचनसम्बन्धी ब्रिफिङ

राष्ट्रपतिलाई प्रधानमन्त्रीको निर्वाचनसम्बन्धी ब्रिफिङ

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ। बुधबार अपराह्न प्रधानमन्त्री कार्की राष्ट्रपति कार्यालय शीतलनिवास पुगेकी...

निर्वाचन भाँड्न खोज्ने १६० पक्राउ

निर्वाचन भाँड्न खोज्ने १६० पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले निर्वाचनलाई प्रभाव पार्ने कार्यमा संलग्न १६० जनालाई पक्राउ गरेको छ। प्रहरीले सूचना जारी गरी निर्वाचनलाई प्रभाव...