देशभर ३४ सय ८४ जनाले उमेदवारी दर्ता
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार ९माघ ६० देशभर मनोनयन दर्ता गरियो । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ पदका लागि स्वतन्त्रसहित विभिन्न राजनीतिक दलबाट मनोनयन दर्ता भएको छ ।
निर्वाचन आयोगको प्रारम्भिक सूची अनुसार, देशभर ३४ सय ८४ जनाले उमेदवारी दर्ता गराएका छन् । जसमा ३९५ महिला, तीन हजार ८८ पुरुष र अन्य एक उमेदवार छन् ।
राजनीतिक दलको तर्फबाट दुई हजार २९७ जनाले उमेदवारी दर्ता गराएका छन् । जसमा २३५ महिला र दुई हजार ६४ छन् । त्यस्तै, एक हजार १८७ जनाले स्वतन्त्र उमेदवारी दिएका छन्।
उमेरगत रूपमा २५ देखि ३५ वर्षसम्म ५८३, ३६ देखि ५० वर्षसम्म एक हजार ६१०, ५१ देखि ६५ वर्षसम्म एक हजार ९० र ६५ देखिमाथि २०१ जनाले उमेदवारी दिएको आयोगले जनाएको छ । देशभर उमेदवार मनोनयन गर्ने राजनीतिक दलको संख्या ६८ वटा छन् ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रारम्भिक सूचीमा केही संख्या थपघट हुनसक्ने बताउनुभयो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
जेनजी आन्दोलनमा सिंहदरबार जलाउनेविरुद्ध मुद्दा दायर
काठमाडौं। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालत, सिंहदरबार र प्रहरी कार्यालय...
मतदानको दिन आवश्यकताअनुसार आन्तरिक उडान हुने
काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन हुने जनाएको छ ।...
धनगढीमा दुई समूहबीच झडप हुँदा अवस्था तनावग्रस्त, प्रहरीले चलायो ६ राउन्ड हवाई फायर
धनगढी। कैलालीको धनगढी उपमहानगरपालिका–१३ मा मंगलबार साँझ दुई समूहबीच झडप हुँदा अवस्था तनावग्रस्त बनेको छ । स्थिति नियन्त्रणमा लिन...
मौन अवधिमा म र कांग्रेसविरुद्ध प्रहार भयो : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मौन अवधिमा पनि आफू र आफ्नो पार्टीविरुद्ध भ्रामक सूचना फैलाउने क्रम नरोकिएको...




