Breaking News

रास्वपा सिंहदरबार जलाउने स्टेकहोल्डर हो, निर्वाचनमा जित्दैनः एमाले

काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष एवं निर्वाचन परिचालन समितिका संयोजक रामबहादुर थापा बादलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी निर्वाचनमा जित्ने कुनै आधार नरहेको दाबी गर्नुभएको छ । जेन–जी आन्दोलनको क्रममा सिंहदरवार जलाउने एउटा स्टेकहोल्डरको रुपमा सो पार्टी रहेकाले पनि सो पार्टीको कुनै भविष्य समेत नरहेको उहाँको जिकिर थियो ।

मंगलवार पार्टी मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष थापाले कुनै वैचारिक र राजनीतिक स्पष्टता नभएको सो पार्टीले स्थापित राजनीतिक दलहरुको विरोध गरेर केही दिनका लागि चर्चाको आएको मात्रै बताउनु भयो । उहाँले केही दिनका लागि जनतालाई बैकल्पिक शक्ति भनेर सो पार्टीले भ्रम दिएपनि अव नटिक्ने बताउनु भयो ।

उपाध्यक्ष बादलले भन्नुभयो,‘रास्वपा भनेको एउटा अस्थिर राजनीतिक दल हो । यो स्थापित सबै राजनीतिक दलहरुको विरोध गरेर जन्मिएको हो । त्यसकारण उनीहरुको कुनै भविष्य छैन । रास्वपाको न कुनै वैचारिक स्पष्टता छ । न त नीतिगत स्पष्टता छ । यसको केही पनि स्पष्टता छैन । त्यसकारण जित्नका लागि उनीहरुसँग कुनै वैचारिक, राजनीतिक आधार छैन । त्यसकारणले उनीहरुले जित्दैनन् । उनीहरु अहिले केही भ्रम दिन सफल भएका छन । तर त्यो भ्रम अव धेरै दिन कायम रहँदैन । किनभने भ्रम दिएर नाजीहरु सफल भएका थिए । तर उनीहरु टिकेनन । रास्वपा सिंहदरबार जलाउनेहरुको एउटा स्टेकहोल्डर हो।’

उपाध्यक्ष थापाले रास्वपालाई अस्थिर राजनीतिक दलको रुपमा समेत चित्रण गर्नुभयो । –न्युज एजेन्सी नेपाल

 

सम्बन्धित समाचार

निर्वाचन विरोधी गतिविधि गर्नेलाई सिधै अदालत पुर्‍याउँछौँः गृहमन्त्री

निर्वाचन विरोधी गतिविधि गर्नेलाई सिधै अदालत पुर्‍याउँछौँः गृहमन्त्री

काठमाडौँ। अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२’ का लागि देशभर पूर्ण रूपमा सुरक्षाको प्रत्याभुति गरिएको...

‘मतदान गर्न जान गाडी नपाएको नागरिकको गुनासो’

‘मतदान गर्न जान गाडी नपाएको नागरिकको गुनासो’

काठमाडौं। काठमाडौं उपत्यकाबाट गृहजिल्ला फर्किन खोज्ने मतदाताले मतदान गर्न घर जान खोज्दा यातायातका सवारीसाधन नपाएको गुनासो गरेका छन् ।...

उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह

उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह

काठमाडौँ। पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले उम्मेदवारको क्षमता र हैसियत जाँचेर मात्रै आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न आग्रह गर्नुभएको...

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...