Breaking News

कञ्चनपुरमा प्रतिनिधिसभा निर्वाचन : ५५ जना उम्मेदवार दर्ता

कञ्चनपुर। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा ५५ जनाले उम्मेदवारी दिएका छन्। जसमा ११ जना स्वतन्त्र छन् भने बाँकी ४४ जना विभिन्न राजनीतिक दलका उम्मेदवार हुन्।

जिल्ला निर्वाचन कार्यालयका अनुसार तीनवटै क्षेत्रमा ६ महिला उम्मेदवारले पनि मनोनयन दिएका छन्। क्षेत्र नं। १ मा नेपाली कम्युनिस्ट पार्टीबाट बीना मगर, आम जनता पार्टीबाट सीता विक, र स्वतन्त्रतर्फ रूपादेवी बिष्ट र मञ्जुदेवी सुनार छन्। क्षेत्र नं। २ मा प्रेमवती राना ९नागरिक उन्मुक्ति पार्टी० र क्षेत्र नं। ३ मा लक्ष्मी कुमारी बिष्ट ९आम आदमी पार्टी० उम्मेदवार बनेकी छन्।

धेरैजसो पुराना अनुहार फिर्ता देखिएका छन् भने केही नयाँ पनि छन्। क्षेत्र नं। १ मा बीना मगर र तारालामा तामाङ पुराना सांसद हुन्। कांग्रेसका गोपीप्रसाद उपाध्याय र रास्वपाका जनकसिंह धामी नयाँ अनुहार हुन्।

क्षेत्र नं। २ मा कांग्रेसका नारायण प्रकाश ९एनपी० साउद पुराना अनुहार हुन्। नयाँ उम्मेदवारमा ग्ःी का बचनबहादुर सिंह, नेपाली कम्युनिस्ट पार्टीका माधवप्रसाद पन्त, र रास्वपाका दीपक बोहोरा छन्।

क्षेत्र नं। ३ मा हरिप्रसाद बोहोरा ९कांग्रेस० पहिलोपटक निर्वाचन लडेका हुन्। एमालेका दीपकप्रकाश भट्ट र नेपाली कम्युनिस्ट पार्टीका मानबहादुर सुनार पूर्व सांसद र प्रदेशसभा सदस्य हुन्।

कांग्रेसमा लेखकको ठाउँमा बोहोरा

पूर्व गृहमन्त्री र कांग्रेसका प्रभावशाली नेता रमेश लेखक यसपटक उम्मेदवार बनेका छैनन्। त्यसै स्थानमा हरिप्रसाद बोहोरा उम्मेदवार भएका छन्। लेखकको नाम नबन्दा महाकालीपारीको दोधार चाँदनी क्षेत्रमा असन्तुष्टि देखिएको छ।

सम्बन्धित समाचार

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...