कामनपाले फुटपाथ र पार्किङ व्यवस्थापनलाई प्राथमिकता दिने
काठमाडौं। काठमाडौं महानगरपालिकाले फुटपाथ र पार्किङ व्यवस्थापनलाई प्राथमिकता दिने भएको छ। बुधवार पत्रकार सम्मेलन गर्दै महानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशीले यसबारे जानकारी गराउनुभएको हो । धुलो, धुवाँ, सार्वजनिक शौचालय, सार्वजिनक सम्पती संरक्षणका विषय, वर्कसपका विषयमा ध्यान केन्द्रित गर्न नगर प्रहरीलाई निर्देशन दिनुभयो।
नगर प्रहरी प्रमुख जोशीले काम गर्न नआउने र शक्तिकेन्द्रमा धाउने बानी हटाउन पनि चेतावनी दिनुभयो। अहिले धेरै कुराहरु नियन्त्रणमा आइसकेकाले अब मनिटरिङ मात्रै गरे पुग्ने बताउनु भयो। सबैसँग सभ्य र नरम भाषामामा बोल्न सुझाव दिनुभयो।
उहाँले भन्नुभयो, ‘शक्तिकेन्द्र धाउने काम कम गरौँ। अहिले गर्ने क्रियाकलापमा फोकस हौँ । फुटपाथ पार्किङमा एकदम फोकस हुनुपर्नेछ । धुलो, धुवाँ, सार्वजनिक शौचालय, सार्वजिनक सम्पती संरक्षणका विषय, वर्कसपका विषयमा ध्यान दिनुपर्नेछ। धेरै कुरा नियन्त्रणमा आइसकेको छ, सुधार पनि भएको छ । अब यसलाई मनिटरिङ मात्रै गर्ने हो । फुटपाथ र पार्किङमा विशेष ध्यान दिऔँ । बोल्दा मिठो बोल्नुस् । कसैलाई तँ नभन्नुस् । सबैसँग बोल्दा सम्मानजनक हिसावले बोल्नुस्। भाषा नरम हुनुपर्छ । ’
उहाँले सार्वजनिक स्थलमा धुम्रपान गर्न नदिन महानगर प्रहरीलाई निर्देशन दिनुभयो । विगतमा भएका सकारात्मक कामलाई निरन्तरता दिने पनि बताउनुभयो।–न्युज एजेन्सी नेपाल
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
२.
इरानका रक्षामन्त्री मारिएको दावी
-
३.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
-
४.
नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस : ओली
-
५.
राज्यका हरेक निकायलाई पुराना दलहरूले दलीय छायामा राखेर निकम्मा बनाए : स्वर्णिम वाग्ले
सम्बन्धित समाचार
ओलीभन्दा बालेन भारी मतले अगाडि
काठमाडौं। झापा क्षेत्र नम्बर ५ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह बालेनको कायम छ।...
कांग्रेसले मुस्ताङबाट खोल्यो खाता, योगेश गौचन निर्वाचित
पोखरा । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट खाता खोलेको छ । कांग्रेसका योगेश गौचनले एमालेका इन्द्र धारा विष्टलाई हराएर...
रास्वपाले खोल्यो खाता, काठमाडौं १ मा रन्जु र काठमाडौं ८ मा विराज विजयी
काठमाडौं। २१ फागुनको निर्वाचनअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले खाता खोलेको छ । काठमाडौं– १ बाट रास्वपा उम्मेदवार रञ्जु न्यौपाने...
आम निर्वाचन : यी हुन् रास्वपाले अग्रता लिएको ३२ स्थान
काठमाडौं। प्रतिनिधिसभा सदस्य चुनावको मत गणनाको प्रारम्भिक मतपरिणामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)हावी भएको छ । रास्वपाले काठमाडौं उपत्यकासहित देशका...




