माधव नेपालविरुद्धको मुद्दा : अख्तियारबाट मिसिल झिकाउने पुन: आदेश, १४ गते पेशी
काठमाडौँ। विशेष अदालतले नेकपाका सहसंयोजक माधवकुमार नेपालसहित विरुद्धको भ्रष्टाचार मुद्दामा मिसिल झिकाउने आदेश गरेको छ।
नेपालसहित जोडिएको पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिनासम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पुन: मिसिल झिकाउने आदेश गरेको हो।
पुरानो आदेशमा फाइल आइनपुगेकाले आज पुन: पुरानो आदेश कार्यान्वयनको आदेश भएको थियो। आज आदेशलगत्तै फाइल आइपुगेकाले अब यही १४ गतेका लागि पेशी तोकिएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिनुभयो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त प्रकरणमा नेपालसहित ९३ जनाविरुद्ध जेठ २२ गते मुद्दा दायर गरेको थियो।
नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार बिगो र सजाय माग दावी छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
दोलखामा हवाई फायर
दोलखा। दोलखाको तामाकोसी गाउँपालिका ४ स्थित गोल्मेश्वर माध्यामिक विद्यालयमा मतदान रोकिएको छ। मतदान केन्द्रमा विवाद भएपछि स्थिति तनावपूर्ण बनेको...
बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन सकेन, काठमाडौँ फर्किए
काठमाडौं। झापा क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाका उम्मेदवारबालेन्द्र शाह बालेन चढेको हेलिकोप्टर झापामा अवतरण नगरी पुनः काठमाडौं फर्किएको...
प्रधानमन्त्रीले पनि गर्नुभयो मतदान
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदान गर्नुभयो। काठमाडौंस्थित प्रतिनिधिसभा क्षेत्र ५ को धापासी निमावि, फैमालचुली केन्द्रमा पुगेर उहाँम्ले मतदान गर्नुभएको...
रौतहटमा छुरा प्रहारबाट एक युवक घाइते
रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–६ कर्कच टोलमा मादक पदार्थ सेवनगरी भएको झगडाका क्रममा एक युवकमाथि छुरा प्रहार भएको...




