रेशम चौधरीको उम्मेदवारी खारेज
काठमाडौं। कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका रेशम चाैधरीको उम्मेदवारी खारेज भएको छ । निर्वाचन अधिकृतको कार्यालयले चाैधरीको उम्मेदवारी खारेज गरेको हो ।
निर्वाचन अधिकृत देवराज भारतीले भन्नुभयो’उहाँ (रेशम चाैधरी)को उम्मेदवारी खारेज भएको छ ।’
चाैधरी ७ भदाै २०७२ मा भएको टीकापुर हत्याकाण्डमा सर्वोच्च अदालतबाट दोषी ठहर भएका व्यक्ति हुन् । उनलाई जन्मकैदको सजाय तोकिएको थियो । पछि उनी राष्ट्रपतिबाट आममाफी पाएर जेलमुक्त भएका थिए ।
प्रतिनिधिसभा निर्वाचन ऐनमा जन्मकैद पाएका व्यक्ति निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था छ । सोही प्रावधानअनुसार परेको उजुरीमा छानबिन गर्दै निर्वाचन अधिकृतको कार्यालयले रेशमको उम्मेदवारी खारेज हुने सूचना टाँस गरेको हो ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह
काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचारप्रसार र...
चपलीमा शंकास्पद अवस्थामा भेटियो प्रेसर कुकर
काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपलीमा शंकास्पद अवस्थामा भेटिएको प्रेसर कुकर नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ। चपलीबाट...
जेनजी आन्दोलनमा सिंहदरबार जलाउनेविरुद्ध मुद्दा दायर
काठमाडौं। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालत, सिंहदरबार र प्रहरी कार्यालय...
मतदानको दिन आवश्यकताअनुसार आन्तरिक उडान हुने
काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन हुने जनाएको छ ।...




