Breaking News

उक्लियो काठमाडौंको तापक्रम

काठमाडौँ। आज शुक्रबार सुरुवाती मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अघिल्लो दिनको तुलनामा झन्डै २ डिग्री सेल्सियस बढेको छ।

मौसम पूर्वानुमान महाशाखाका जानकारीअनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियसमा उक्लिएको हो।

हिजो (बिहीबार) यो बेला काठमाडौँको न्यूनतम तापक्रम ४.० डिग्री सेल्सियस थियो। यद्यपि पछि बिहान ८:४५ बजे ३.५ डिग्री सेल्सियसमा झरेको थियो।

आजको आधिकारिक न्यूनतम तापक्रम पनि अहिले त्यही समयमा मापन गरिनेछ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम केही घट्ने सम्भावना हुन्छ।

सबैभन्दा तल झरेको तापक्रम नै सम्बन्धित दिनको न्यूनतम तापक्रम हो।

मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम बढ्छ, आकाश सफा रह्यो भने घट्छ

सम्बन्धित समाचार

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...