कति छ तरकारीको मूल्य?
काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
कालीमाटीमा आज डल्ले च्याउ, आलुसहितका कतिपय तरकारीको भाउ घटेको छ। तर, भन्टा गोलभेँडासहितका तरकारीको भाउ भने बढेको छ। धेरैजसो तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।
कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९५, सानो लोकल गोलभेँडा ३७, टनेलको सानो गोलभेँडा ६३, रातो आलु २८, भारतीय रातो आलु २४, भारतीय सुकेको प्याज ४३, लोकल बन्दा ५५, स्थानीय काउली ६०, लोकल मुला १४, लाम्चो भन्टा ५३, डल्ले भन्टा ६६ रुपैयाँ प्रतिकिलो छ।त्यसैगरि करेला १४६, लौका ८२, तराईको परबल २३०, डल्ले फर्सी ३८, पाकेको फर्सी ५०, भिन्डी १४२, कन्य च्याउ १००, डल्ले च्याउ ४२५ रुपैयाँ प्रतिकिलो छ।
कालीमाटीमा हिजो ठूलो नेपाली गोलभेँडा ७५, ठूलो भारतीय गोलभेँडा ९०, सानो लोकल गोलभेँडा ४२, टनेलको सानो गोलभेँडा ६६, रातो आलु २९, भारतीय रातो आलु २५, भारतीय सुकेको प्याज ४३, लोकल बन्दा ५५, स्थानीय काउली ६०, लोकल मुला १२, लाम्चो भन्टा ३७, डल्ले भन्टा ४० रुपैयाँ प्रतिकिलो थियो।
त्यसैगरि करेला १४५, लौका ८३, तराईको परबल २३०, डल्ले फर्सी ४०, पाकेको फर्सी ५१, भिन्डी ११५, कन्य च्याउ ९०, डल्ले च्याउ ४७५ रुपैयाँ प्रतिकिलो थियो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित
काठमाडौँ। आम निर्वाचनको आसपासमा करिव एक साता बिदा प(यो । सरकारले फागुन २० देखि २२ गतेसम्म तीन दिन सार्वजनिक...
निर्वाचनका लागि मतदाता गाउँ फर्किएसँगै काठमाडौं उपत्यकाका सडक सुनसान
काठमाडौँ। आसन्न निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकामा रहेका अधिकांश नागरिक आफ्नो गृहजिल्ला फर्किएपछि राजधानीका सडकहरु सुनसान बनेका छन् ।...
‘मतदान गर्न जान गाडी नपाएको नागरिकको गुनासो’
काठमाडौं। काठमाडौं उपत्यकाबाट गृहजिल्ला फर्किन खोज्ने मतदाताले मतदान गर्न घर जान खोज्दा यातायातका सवारीसाधन नपाएको गुनासो गरेका छन् ।...
उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह
काठमाडौँ। पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले उम्मेदवारको क्षमता र हैसियत जाँचेर मात्रै आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न आग्रह गर्नुभएको...




