गण्डकी

पर्वत समाजको प्रथम वार्षिक साधारण सभा र अधिवेशन अधिवेशन आज, विभिन्न व्यक्तित्वहरूलाई सम्मान पनि गरिने

काठमाडौं। पर्वत समाजको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशन आज हुँदैछ छ। काठमाडौंको बसुन्धरास्थित दियालो फुड ल्याण्डमा शनिबार ११ बजे देखि हुने साधारण सभाको अवसरमा विमोचन र विभिन्न चार विधामा पर्वत व्यक्तित्व सम्मान पनि प्रदान गर्ने जानकारी दिएको छ।

पर्वत चिनारीमा पर्वत राज्यको इतिहासदेखि वर्तमान संघीय संरचनासम्मको अवस्था, चुनौती र सम्भावनासहित विभिन्न विज्ञहरूको लेख समेटिएको समाजका अध्यक्ष गणेश शर्माले जानकारी दिनुभयो। व्यक्तित्व सम्मानतर्फ पर्वत विशिष्ट व्यक्तित्व सम्मान, शिक्षा सेवा सम्मान, समाज सेवा सम्मान र कृषि तथा उद्यम सम्मान प्रदान गर्ने समितिले जनाएको छ।

समाजले सम्मान गर्ने व्यक्ति छनौट पारदर्शी र व्यवस्थित बनाउन निर्वाचन आयोगका पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो। उक्त समितिको सदस्यमा उच्च अदालतका पूर्व न्यायधीस जगत नारायण प्रधान र नेपाली सेनाका पूर्व उपरथी देवेन्द्र मेघासी सदस्य रहनुभएको थियो।

सम्मानका विधा र मापदण्ड समाजसँगको परामर्शमा समितिले निर्धारण गरेको थियो।जसअनुसार विशिष्ट व्यक्तित्व सम्मान छनौट समितिले पर्वतमा जन्मेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा योगदान पुर्‍याएका व्यक्ति मध्येबाट छनौट गरिएको हो।

त्यसैगरी पर्वत शिक्षा सेवा सम्मान, समाज सेवा सम्मान र कृषि तथा उद्यम सम्मान सम्बन्धित पालिकाको सिफारिस भएका उम्मेदवार मध्यबाट पर्वत जिल्लाका लागि पुर्‍याएको योगदान मूल्याङ्कनका आधारमा छनोट गरिएको अध्यक्ष शर्माले जानकारी दिनुभयो।

समाजले कार्यक्रममा सम्पूर्ण पर्वतबासी दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थितिका लागि आग्रह गरेको छ।

सम्बन्धित समाचार

नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखराः हरेक नागरिकको अवस्था अब महानगरको हातमा

नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखराः हरेक नागरिकको अवस्था अब महानगरको हातमा

काठमाडौँ। पोखरा महानगरपालिकाले सुशासन र योजना तर्जुमाका लागि एउटा ठूलो फड्को मारेको छ । मेयर धनराज आचार्यकाअनुसार पोखराभित्र कति...

‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’

‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’

फेवातालको कञ्चन पानीमा माछापुच्छ्रेको छायाँ त देखिन्छ, तर त्यही तालको किनारमा भेटिने आम नागरिकका आँखामा भने भविष्यको छायाँ अझै...

सुटकेसमा महिलाको शव फेला : अझै खुलेन पहिचान संग्रह

सुटकेसमा महिलाको शव फेला : अझै खुलेन पहिचान संग्रह

काठमाडौ। करिब १ महिना अघि पोखरा महानगरपालिका १७ ड्यामसाइडमा शङ्कास्पद सुटकेस फेला पर्‍यो । खोलेर हेर्दा उक्त सुटकेसमा महिलाको...

बागलुङमा बोलेरो जिप दुर्घटना हुँदा सात घाइते

बागलुङमा बोलेरो जिप दुर्घटना हुँदा सात घाइते

बागलुङ । बागलुङमा बोलेरो जिप दुर्घटना हुँदा सातजना घाइते भएका छन् । गलकोट नगरपालिका-३ हटियाबाट बागलुङ बजारतर्फ जाँदै गरेको...