अन्तर्राष्ट्रिय

पाकिस्तानको कराँचीस्थित सपिङ महलमा लागेको आगलागीमा मृत्यु हुनेको संख्या ६७ पुग्यो

पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीको गुल प्लाजा सपिङ महलमा लागेको आगलागीमा परी मृत्यु हुनेको संख्या ६७ पुगेको अधिकारीहरूले बताएका छन् । सबै पीडितहरूको शव परीक्षण (पोस्ट–मार्टम) सम्पन्न भएपछि यो तथ्याङ्क सार्वजनिक गरिएको हो ।

मुख्य प्रहरी सर्जन सुमैय्या सैयद तारिककाअनुसार घटनाको पाँचौं दिनसम्म कुल ६७ वटा शवको पहिचान र परीक्षण प्रक्रिया पूरा गरिएको छ । जसमध्ये ६ जनाको अनुहारको आधारमा, एक जनाको परिचय पत्र वा आंशिक अनुहारको आधारमा र आठ जनाको डीएनए परीक्षणमार्फत पहिचान भएको छ ।

सिन्ध स्वास्थ्य विभागका प्रवक्ताले सबै ६७ पीडितहरूको शव परीक्षण सम्पन्न भएको पुष्टि गरेका छन् । रेस्क्यु ११२२ का प्रवक्ता हसानुल हसिब खानले बताए अनुसार शहरी खोज तथा उद्धार टोलीले भग्नावशेषमुनि दबिएका पीडितहरू फेला पार्न थर्मल इमेजिङ क्यामेरा र लोकेटर जस्ता अत्याधुनिक उपकरणहरू प्रयोग गरिरहेका छन् ।

खानकाअनुसार क्यामेराले १,२०० डिग्री सेल्सियससम्मको तापक्रम पत्ता लगाएका थिए । यद्यपि, सपिङ महल भित्रको वास्तविक तापक्रम त्योभन्दा पनि उच्च रहेकाले पीडितको अवशेषको अवस्था प्रभावित भएको छ । विगत तीन दिनदेखि भवनलाई चिस्याउने (कुलिङ) कार्य जारी रहेको उहाँले बताउनु भयो । जीर्ण संरचनाका कारण खोज अभियानका क्रममा अधिकारीहरूले निकै सावधानी अपनाउनुपरेको र यसले उद्धार कार्यलाई चुनौतीपूर्ण बनाएको उनले उल्लेख गर्नुभयो ।

सम्बन्धित समाचार

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...