अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा झर्यो
सार्वजनिक गरिएको आधिकारिक तथ्याङ्कअनुसार डिसेम्बर महिनामा अस्ट्रेलियाको बेरोजगारी दर घटेर ४.१ प्रतिशत कायम भएको छ ।
यसै अवधिमा अस्ट्रेलियालीहरूले काम गरेको कुल समय पहिलो पटक २ अर्ब घण्टा पुगेर नयाँ कीर्तिमान कायम गरेको छ ।
अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सकाअनुसार नोभेम्बरमा ४।३ प्रतिशत रहेको बेरोजगारी दर डिसेम्बरमा ४।१ प्रतिशतमा झरेको हो। यो सन् २०२५ मा रेकर्ड गरिएको सबैभन्दा न्युन स्तर हो ।
तथ्याङ्कअनुसार नोभेम्बर र डिसेम्बरको बीचमा रोजगारीमा रहेका अस्ट्रेलियालीहरूको कुल संख्या ६५ हजार २ सयले बढेको छ । सोही अवधिमा आधिकारिक रूपमा बेरोजगारको सूचीमा रहेका व्यक्तिहरूको संख्या भने २९ हजार ८ सयले घटेको छ ।
नोभेम्बर र डिसेम्बरको बीचमा अस्ट्रेलियालीहरूले काम गरेको कुल घण्टामा ०।४ प्रतिशतले वृद्धि भई २ अर्ब पुगेको छ । जुन अहिलेसम्मकै उच्च हो ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
दोलखामा हवाई फायर
दोलखा। दोलखाको तामाकोसी गाउँपालिका ४ स्थित गोल्मेश्वर माध्यामिक विद्यालयमा मतदान रोकिएको छ। मतदान केन्द्रमा विवाद भएपछि स्थिति तनावपूर्ण बनेको...
बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन सकेन, काठमाडौँ फर्किए
काठमाडौं। झापा क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाका उम्मेदवारबालेन्द्र शाह बालेन चढेको हेलिकोप्टर झापामा अवतरण नगरी पुनः काठमाडौं फर्किएको...
प्रधानमन्त्रीले पनि गर्नुभयो मतदान
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदान गर्नुभयो। काठमाडौंस्थित प्रतिनिधिसभा क्षेत्र ५ को धापासी निमावि, फैमालचुली केन्द्रमा पुगेर उहाँम्ले मतदान गर्नुभएको...
रौतहटमा छुरा प्रहारबाट एक युवक घाइते
रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–६ कर्कच टोलमा मादक पदार्थ सेवनगरी भएको झगडाका क्रममा एक युवकमाथि छुरा प्रहार भएको...




