पूजाको सानदार प्रदर्शनमा जिम्बाबेमाथि नेपालको जित
काठमाडौं । पूजा महतोले अविजित अर्धशतक बनाएपछि नेपालले आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा पहिलो जित हासिल गरेको छ ।
शनिबार त्रिवि क्रिकेट मैदानमा भएको आफ्नो तेस्रो खेलमा नेपालले जिम्बाबेलाई ६ विकेटले पराजित गरेको हो । जिम्बाबेले दिएको १३० रनको लक्ष्य नेपालले ३ बल बाँकी छँदा ४ विकेटको क्षतिमा पूरा गर्यो।
पूजाले ५० बलमा ४ चौका र २ छक्कासहित अविजित ५२ रन बनाइन्। कप्तान इन्दु बर्माले २२ रन बनाइन् । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाबेले २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो ।
जिम्बाबेका लागि केलिस धलोभुले अविजित ५२ रन बनाइन् । बिलभ्ड बिजाले ३४ तथा मोडेस्टर मुपाचिवाले १४ रन बनाइन् ।
नेपालका लागि रिया शर्माले २ विकेट लिइन् भने कविता कुँवर, पूजा महतो, सीता रानामगर र रुबिना क्षेत्रीले १-१ विकेट लिए ।
नेपालले अब अन्तिम खेलमा सोमबार स्कटल्यान्डसँग खेल्नेछ । उक्त खेल पनि जित्नैपर्ने दबाब रहनेछ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
३.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
४.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
६.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
प्रधानमन्त्री कप : मधेश र सुदूरको दोस्रो जित
काठमाडौँ। ब्याटरले संघर्ष गर्नुपरेको खेलमा मधेश र सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगितामा दोस्रो जित आत्मसात गरेका छन्। मधेशको...
निलम्बनमा एन्फा
काठमाडौं। राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ। राखेपको निर्देशनविपरित निर्वाचन गर्न...
राखेपले एन्फालाई भन्यो : कुनै अप्रिय निर्णय नलिनू
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय खेलकुद परिषद्लाई कुनै अप्रिय निर्णय नगरिदिन अनुरोध गरेको छ। बुधबार राखेपले पठाएको...
साम्बाले न्युजिल्यान्डमै गराइन् घुँडाको शल्यक्रिया
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया भएको छ । बुधबार (चैत ११) बिहान...




