मुलुकलाई दुर्घटनाबाट जोगाउन फागुन २१ को निर्वाचनलाई सदुपयोग गरौँ–महासचिव पोखरेल
दाङ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकलाई सम्भावित दुर्घटनाबाट जोगाउन फागुन २१ गते हुने निर्वाचनलाई सदुपयोग गर्न सबैमा आग्रह गर्नुभएको छ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ लुम्बिनी प्रदेश समितिको संयोजन तथा महासंघ जिल्ला समिति दाङको आयोजनामा घोराहीमा भएको अन्तर्क्रिया कार्यक्रममा बोल्दै महासचिव पोखरेलले पछिल्लो समय मुलुकविरुद्ध सुनियोजित गतिविधि बढ्दै गएको दाबी गर्नुुभयो।
उहाँले सामाजिक सञ्जालमा फेक आइडीको प्रयोग तीव्र रूपमा बढ्दै गएको भन्दै यसले समाजलाई भ्रम, अविश्वास र विखण्डनतर्फ धकेलिरहेको बताउनुभयो।
“पछिल्लो समय मुलुकविरुद्ध सुनियोजित गतिविधि बढ्दै गइरहेका छन् । सामाजिक सञ्जालमा फेक आइडीको प्रयोग तीव्र रूपमा बढ्दै गएको छ, जसले समाजलाई भ्रम, अविश्वास फैलाउनुका साथै र विखण्डनतर्फ धकेलिरहेको छ”, महासचिव पोखरेलले भन्नुभयो।
कुनै समय सूचना प्रवाहको भरपर्दो माध्यम मानिएको सामाजिक सञ्जाल अहिले समाजलाई गलत दिशातर्फ लैजाने माध्यम बन्दै गएकोमा पोखरेलले चिन्ता व्यक्त गर्नुभयो।
भदौ २३ र २४ गते भएका घटनालाई मुलुकविरुद्धको षड्यन्त्रको संज्ञा दिँदै महासचिव पोखरेलले ती गतिविधि अझै पूर्ण रूपमा नरोकिएको बताउनुभयो।
रवि र बालेनलाई जन्माउने ‘सेन्टर’ एउटै रहेको दाबी गर्दै महासचिव पोखरेलले उही शक्तिले मुलुकविरुद्ध गतिविधि सिर्जना गर्न उनीहरूलाई एकताबद्ध गराएको आरोप लगाउनुभयो।
जेन–जी आन्दोलनका नाममा भएका तोडफोड र आगजनीका घटनाहरू स्वतःस्फूर्त नभई योजनाबद्ध रहेको उल्लेख गर्दै पोखरेलले विद्यार्थीहरूको आडमा सार्वजनिक तथा निजी सम्पत्ति ध्वंश गरिएको बताउनुभयो।
उहाँले डिस्कटमा विशेष रसायन प्रयोग गरी आगजनी गर्ने विषयमा समेत छलफल भएको जानकारी आएको दाबी गर्दै यस्तो किसिमको विद्रोह विद्यार्थीहरूबाट सम्भव नहुने स्पष्ट पार्नुभयो। निर्वाचन सन्दर्भमा बोल्दै महासचिव पोखरेलले जिल्लाको मनोविज्ञान सकारात्मक रहेको बताउनुभयो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बालेनलाई ओलीको बधाई, `बालेन बाबू, बधाई ´
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पराजित गरेर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका रास्वपा वरिष्ठ नेता बालेन (बालेन्द्र)...
रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी
काठमाडौँ। रूपन्देही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुनिल लम्साल भारी मतान्तरले विजयी भएका छन्।...
सानदार मतसहित बालेन निर्वाचित, ओलीको लज्जास्पद हार
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा-५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) निर्वाचित भएका छन्।...
कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी
काठमाडौं। कपिलवस्तु क्षेत्र नं ३ को मतगणना सम्पन्न भएको छ। महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका...




