नदीसम्बन्धी सर्वोच्चको आदेशलाई काठमाडौं महानगरको सम्मान
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको क्षेत्रमा भवन निर्माणसम्बन्धी मापदण्डका विषयमा सर्वोच्च अदालतको आदेश र निर्णयलाई आफूहरूले सम्मान गर्ने बताउनुभएको छ।
उपत्यकाका १९ वटा नदी सङ्घर्ष समितिका पदाधिकारीसँग आज भएको भेटमा उहाँले अदालतको सम्मान गर्दै काठमाडौँ महानगरपालिकाले नदीको दायाँबायाँ क्षेत्रमा भवन निर्माणका लागि लगाएको रोक्का फुकुवाको सार्वजनिक सूचना जारी गरेको जानकारी दिनुभयो।
सर्वोच्च अदालतको यही माघ ४ गते नदीको दायाँबायाँ क्षेत्रमा भवन निर्माणसम्बन्धी मापदण्डका विषयमा भएको आदेश र काठमाडौँ महानगरपालिकाले गरेको निर्माण रोक्का फुकुवाप्रति आभार व्यक्त गर्न आएका समितिका पदाधिकारीसँग कार्यवाहक प्रमुख डङ्गोलले यहाँका बासिन्दालाई विस्थापित गराउनेभन्दा पनि उनीहरूको माग सम्बोधन गर्दै सबै अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
उहाँले नदीको छेउमा रहेका उपत्यकावासीले विभिन्न समयमा अदालतमा गएर, सडकबाट र विभिन्न कार्यालयमा गएर एकता र सहकार्यका साथ आफ्ना समस्या बुलन्द आवाजमा उठाइरहेकामा सबैलाई धन्यवाद दिनुभयो । “यहाँका बासिन्दालाई विस्थापित गराउने नभई जायज माग सम्बोधन गर्दै अघि बढ्नुपर्छ”, उहाँले भन्नुभयो, “अन्योल र अनिर्णयका समयमा तपाईंहरूबीचको सहकार्य, समन्वय र एकताले पाएको निरन्तरताको प्रशंसा गर्छु । तपाईंहरूले संवेदनशील समयमा देखाएको संयमका लागि पनि धन्यवाद ।”
कार्यवाहक प्रमुख डङ्गोलसँगको भेटपछि नदी सरोकार सङ्घर्ष समितिका संयोजक ऋषि बस्यालले डङ्गोललाई कार्यवाहक प्रमुखको जिम्मेवारी प्राप्त गरेकामा बधाई ज्ञापन गर्नुभयो। उहाँले यहाँका नागरिकको रक्षा गर्न र नगरवासीका समस्या समाधानमा निरन्तर लाग्न आग्रह गर्नुभयो।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...




