Breaking News

गगन थापाको प्रतिवद्धताः ‘सर्लाही–४ का मतदातालाई पछुतो हुन दिनेछैन’

काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगन थापाले आफूले संसदमा मधेसको मुद्दालाई फरक ढंगले उठान गर्ने बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले आफू सर्लाही क्षेत्र नम्बर–४ को प्रतिनिधित्व गर्न उम्मेद्वार बनेकोले मधेस र सर्लाहीका मुद्दा अब संघीय संसद र सिंहदरबारमा नयाँ तरिकाले उठ्ने बताउनुभयो। उहाँले सर्लाही–४ का मतदातालाई पछुतो हुने अवस्था आउन नदिने प्रतिवद्धता पनि जनाउनु भयो।

आगामी पाँच वर्षमा मधेसका मुद्दा संसदमा उठ्ने तरिका र निर्णय प्रक्रिया अघिल्ला वर्षभन्दा भिन्न हुने उहाँको दाबी छ। आफू पार्टीको जिम्मेवारीका कारण सधैँ सर्लाहीमा बस्न नसक्ने बताउनुहुँदै उहाँले आफूलाई मतदाताले पुर्ण रुपमा विश्वास गर्ने बताउनुभयो।

उहाँले पार्टीका नेता कार्यकर्तालाई निर्वाचनमा खटिएर लाग्न आग्रह गर्नुभयो। आफ्नो उम्मेदवार बलियो छ भनेर अरूलाई कमजोर आँकलन नगर्न उहाँले सचेत गराउनुभयो। चुनाव जित्न सबैको मेहनत आवश्यक हुने भन्दै उहाँले मतदाता र कार्यकर्तालाई विश्वास, माया र भरोसाका साथ अभियानमा लाग्न निर्देशन समेत दिनुभयो।

उहाँले भन्नुभयो, ‘म सर्लाही ४ को प्रतिनिधित्व गर्छु। यहाँको संसदमा दमदमाएर सर्लाहीको विषय उठ्छ। यहाँको सिंहदरबारमा सर्लाहीको विषयमा छलफल हुन्छ। मधेसको विषयमा छलफल हुन्छ। पहिले पनि भएको थियो, नभएको भन्ने होइन। तर फरक ढंगले हुन्छ अब। त्यो विश्वासको साथ हाम्रो ठाउँमा आएको छ, हामीले त्यही माया प्रेम दिएर पठाउनुपर्छ, भरोसा दिएर पटाउनपर्छ भनेर तपाईहरुले त्यहाँ गएर भन्दिनुपर्नेछ। मसंग थोरै समय छ, पार्टीको जिम्मेवारीमा भएकोले गर्दा काठमाडौंभन्दा बाहिर, सर्लाही भन्दा बाहिर पनि धेरै ठाउँमा पुग्नुपर्नेछ। म क्षेत्रमा सम्पुर्ण दिन बस्ने अवस्था रहँदैन। यति कुरा विश्वास दिलाउन चाहन्छु की एक जनाले पनि सर्लाही ४ मा गगन थापालाई रुख चिन्हमा मतदान गरेर काँही मैले त्यो बेलामा गल्ती गरेछु की भन्ने तपाई एक जनालाई पनि महसुस हुने अवस्था आउन दिन्न। यो पाँच वर्ष काठमाडौको संसदमा, काठमाडौको सिंहदरबारमा आजसम्म मधेसको विषय जसरी उठ्यो, छलफलमा वा निर्णयमा त्यो भन्दा यो ५ वर्ष भिन्न हुनेवाला छ। मैले त्यहाँको प्रतिनिधित्व भिन्न ढंगले गर्छु। मेहनत तपाईंहरुले गरिदिनुपर्छ, चुनाव हो। चुनावमा आफ्नो उम्मेद्वार बलियो, अरुको कमजोर कहिले आकलन गर्नुहुँदैन।’

उहाँले आफू गर्नसक्ने कामको मात्रै वाचा गर्ने बताउनु भयो। गर्न नसकिने कामलाई आफूले शुरुमा नै गर्न नसक्ने बताउने स्पष्ट पार्नुभयो। उहाँले चुनावपछि पनि मतदाताहरुले आफूलाई सजिलै भेट्न सक्ने बताउनु भयो। – न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक

मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक

काठमाडौँ। मध्यपूर्वमा जारी तनावका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित हुँदा पर्यटकीय राजधानी पोखरामा पर्यटक आगमन घट्दै गएको छ। मध्यपूर्वमा...

१ अर्ब ३४ करोड लागतमा बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु, तीन वर्षभित्र सक्ने तयारी

१ अर्ब ३४ करोड लागतमा बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु, तीन वर्षभित्र सक्ने तयारी

काठमाडौँ। अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु गरिएको छ । सडक विभागले वर्षातले क्षतिग्रस्त यो राजमार्ग स्तरोन्नति गर्न...

नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड

नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड

काठमाडौँ। नेपालको तयारी पोशाक क्षेत्रलाई विश्व बजारमा प्रतिष्पर्धी बनाउन र उच्च मूल्यका वस्तु निर्यात बढाउन तयारी पोशाक उद्योग संघ...

एफएनसीसीआईका पदाधिकारीलाई दलगत आवद्धता निषेध गर्ने श्रेष्ठको घोषणा

एफएनसीसीआईका पदाधिकारीलाई दलगत आवद्धता निषेध गर्ने श्रेष्ठको घोषणा

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले महासंघका पदाधिकारीहरु कुनैपनि राजनीतिक दलमा आबद्ध हुन नदिने व्यवस्था...