कोशी

कोशी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान शुरु

काठमाडौँ। राष्ट्रिय सभाका रिक्त हुन लागेका सदस्य पदहरूका लागि सातै प्रदेशमा मतदान शुरु भएको छ ।  कोशी प्रदेशमा पनि बिहान ९ बजेदेखि मतदान प्रक्रिया शुरु भएको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । राष्ट्रिय सभामा आगामी फागुन २० गतेदेखि रिक्त हुने १८ पदमध्ये कोशी प्रदेशको खस आर्य समूहअन्तर्गत एक पदमा नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।

बाँकी दुई पद (महिला र दलित समूह) का लागि कोशी प्रदेशमा मतदान भइरहेको छ । कोशी प्रदेशको मतदान स्थल प्रदेश निर्वाचन कार्यालय परिसर, विराटनगर (मोरङ) मा तोकिएको छ । मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म चल्नेछ । मतदानमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिहरू सहभागी छन् । देशभर १७ पदका लागि ४४ जना उम्मेदवारहरू प्रतिष्पर्धामा छन् । –न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

गौरादहमा ट्याक्टर दुर्घटना हुँदा एक महिलाको मृत्यु

गौरादहमा ट्याक्टर दुर्घटना हुँदा एक महिलाको मृत्यु

काठमाडौँ। झापाको गौरादहमा ट्याक्टर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन्। सोमबार...

दमकका सबै वडामा एमालेका निर्वाचन परिचालन कमिटीका कार्यालय

दमकका सबै वडामा एमालेका निर्वाचन परिचालन कमिटीका कार्यालय

दमक । नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचन परिचालन कमिटी अन्तर्गत दमक नगरपालिकाका १० वटै वडामा वडा स्तरीय कार्यालय आजदेखि सञ्चालन...

उम्मेदवार पर्खिइरहेका कचनकबलवासी

उम्मेदवार पर्खिइरहेका कचनकबलवासी

काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन दर्ता भएसँगै देशका अधिकांश सहरी तथा ग्रामीण...

एमाले जेनजी उम्मेदवार थापा भन्छिन्ः आसन, भाषण र शासनमा महिलाहरुलाई पुर्‍याउन देशव्यापी नेतृत्व गर्नेछु

एमाले जेनजी उम्मेदवार थापा भन्छिन्ः आसन, भाषण र शासनमा महिलाहरुलाई पुर्‍याउन देशव्यापी नेतृत्व गर्नेछु

काठमाडौं। नेकपा (एमाले) का केन्द्रिय सदस्य तथा ओखलढुंगा प्रतिनिधि सभा सदस्यका उम्मेदवार अस्मिता थापाले जिल्लाको विकास र युवा र...