गण्डकी

गण्डकी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान शुरु

काठमाडौँ। गण्डकी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान शुरु भएको छ । राष्ट्रिय सभा सदस्यका लागि गण्डकी प्रदेशबाट दुई पदका लागि ६ जनाबीच प्रतिष्पर्धा हुँदैछ । प्रदेश निर्वाचन कार्यालय पोखराको परिसरमा बिहान ९ बजेबाट मतदान चलिरहेको हो ।

मतदान केन्द्रमा प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिका लागि छुट्टा–छुट्टै लाइनको व्यवस्था गरिएको छ । महिलाबाट ३ र अन्य क्लस्टरमा ३ गरी ६ जनाको उम्मेदवारी परेको हो ।

राष्ट्रिय सभामा काँग्रेस र एमालेले गठबन्धन गरेका छन् भने अन्य दलहरू एकल प्रतिस्पर्धामा उत्रिएका छन् । गठबन्धनका तर्फबाट एमालेबाट महिलामा सम्झना देवकोटाले उम्मेदवारी दिएकी छन् । नेपाली कम्युनिस्ट पार्टीबाट गोमा घिमिरे रुची र राष्ट्रिय जनमोर्चाबाट लक्ष्मी बास्कोटा चुनावी मैदानमा छन् ।

अन्य समूहमा गठबन्धनबाट काँग्रेसको तर्फबाट प्रा।डा। जगत तिमिल्सिनाको उम्मेदवारी पर्दा नेकपाले कपिल लामा र जनमोर्चाले शंकर बराललाई उम्मेदवार बनाएको छ । खुलाबाट नारायणकाजी श्रेष्ठ र महिला खुलामा भगवती न्यौपाने ६ वर्षे कार्यकाल सकेर बिदा हुने भए पछि निर्वाचन हुन लागेको हो ।

गण्डकीमा कांग्रेस र एमाले गठबन्धनले दुवै सिट जित्ने निश्चितजस्तै छ । ५९ प्रदेशसभा सदस्य र १७० स्थानीय तहका प्रमुख र उपप्रमुखहरू मतदाता छन् । कांग्रेस एमालेको मतभार जोड्दा ५ हजार १८१ पुग्छ । यो मतभार दुई तिहाइ भन्दा बढी हो ।

गण्डकीमा नेपाली कम्युनिस्ट पार्टी नेकपाका ७ सांसद र ३० स्थानीय तहका जनप्रतिनिधि छन् । उनीहरूको मतभार ९४१ मात्रै हुन्छ । यस्तै राष्ट्रिय जनमोर्चासँग ७६ मतभार छ । राप्रपासँग १०६ मतभार छ । प्रगतिशील लोकतान्त्रिक पार्टीको पनि एक सांसद छन् । उक्त दलको ५३ मतभार हुन्छ । –न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

अबकी बार सय पारको नारा लगाउनुस् – गगन थापा

अबकी बार सय पारको नारा लगाउनुस् – गगन थापा

कास्की । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको नारा लगाउने नै भए अबकी बार सय पारको नारा लगाउन आग्रह...

मुक्तिनाथमा ‘स्की’ प्रशिक्षण शुरु

मुक्तिनाथमा ‘स्की’ प्रशिक्षण शुरु

मुस्ताङ। वारागुङ मुक्तिक्षेत्रको सेताम्मे हिउँले ढाकिएको मुक्तिनाथ क्षेत्रमा हिउँमा खेलिने स्की प्रतियोगिताको रौनक शुरु भएको छ । नेपाल स्की...

पर्वतका ९५० किशोरीलाई एचपिभी खोप लगाइने

पर्वतका ९५० किशोरीलाई एचपिभी खोप लगाइने

पर्वत। जिल्लाका ९५० किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ ९एचपिभी० खोप लगाइने भएको छ । जिल्लाका ६१ वटा...

साफ महिला च्याम्पियनसिप : नेपाल बङ्गलादेशसँग भिड्दै

साफ महिला च्याम्पियनसिप : नेपाल बङ्गलादेशसँग भिड्दै

कास्की। पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज घरेलु टोली नेपालले दिउँसो ३ः०० बजे बङ्गलादेशको सामना...