Breaking News

उनेपाका १५ केन्द्रीयले दिए राजीनामा

काठमाडौं। कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी (उनेपा) का १५ संस्थापक नेताहरूले हाल उक्त पार्टीमा नरहेको बताउनुभएको छ।

डा. विशाल भण्डारी, निर्देश सिलवाल, डा. अभिषेकराज सिंह, सञ्जीव भट्टराईसहित १५ जनाले सामूहिक रूपमा पार्टीमा नरहेको बताउनुभएको हो।

‘हामी उज्यालो नेपालका सदस्यहरू उज्यालो नेपाल पार्टीबाट अलग भएको घोषणा गर्दछौं। हामी तत्काल विचार, मूल्य र नागरिक सरोकारका आधारमा क्रियाशील रहनेछौं। यसलाई कुनै दलप्रति समर्थन वा विरोधका रूपमा नभई नागरिक चेतना र साझा हितको अभ्यासका रूपमा बुझिदिन अनुरोध गर्दछौं,’ उहाँले भन्नुभयो।

यसरी अलग भएको बताउने केन्द्रीय नेतामा सुजन श्रेष्ठ, कुशुम घिमिरे, डा घनश्याम पाण्डे, क्षितिज भण्डारी, डा सागर ढकाल, नेत्र कार्की, विशाल गैरे, सरला लामिछाने, मीनराज आचार्य, रजिया बानु, देवेन्द्र श्रेष्ठ पनि हुनुहुन्छ।

यसरी अलग हुनेमा केही विवेकशील साझा पृष्ठभूमि भएका पनि हुनुहुन्छ। उहाँहरूले सामूहिक रूपमा विज्ञप्ति जारी गरेर उक्त जानकारी दिनुभएको छ।

सम्बन्धित समाचार

इराकमा खसेको अमेरिकी सैन्य विमानमा सवार सबैको मृत्यु भएको पुष्टि

इराकमा खसेको अमेरिकी सैन्य विमानमा सवार सबैको मृत्यु भएको पुष्टि

पश्चिमी इराकमा बिहीबार दुर्घटना भएको अमेरिकी सेनाको केसी १३५ रिफ्युलिङ विमानमा सवार सबै ६ जनाको मृत्यु भएको पुष्टि भएको...

काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती

काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले जारी गरेको सूचनाअनुसार गोठाटार र...

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...