बालेनलाई महेशको जबाफ : स्कुले पोसाकमा विद्यार्थी आन्दोलनमा पठाउनु ‘सुनियोजित हत्या’ हो
काठमाडौं। नेकपा (एमाले) का सचिव महेश बस्नेतले स्कुले पोसाकमै नाबालकलाई निषेधित क्षेत्रमा पठाएर गरिने गतिविधिलाई आन्दोलन भन्न नमिल्ने टिप्पणी गर्नुभएको छ। उहाँले यस्तो कार्यलाई ‘सुनियोजित हत्या’को संज्ञा दिनुभएको छ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सचिव बस्नेतले ‘नयाँ राजनीति’को नारा दिने समूहहरूमाथि कडा आरोप लगाउनुभएको छ। उहाँले बालबालिकालाई राजनीतिक स्वार्थका लागि अगाडि सारेर जोखिमपूर्ण क्षेत्रमा पठाइनु गम्भीर अपराध भएको बताउनुभएको छ।
भदौ २३ गते बालबालिकालाई स्कुल पाेसाकमा संसद् भवनमा आक्रमण गर्न पठाएर सुनियाेजित हत्याको योजना बनाइएको भन्दै उहाँ राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन साह प्रति लक्षित गर्नु भएको छ । ‘स्कुले पोसाकमै नाबालकलाई निषेधित क्षेत्रमा पठाउनु आन्दोलन होइन, यो सुनियोजित हत्या हो,’ उहाँले लेख्नुभएको छ, ‘नयाँ राजनीति’को नारा दिनेहरू पीडित होइनन्, बाल मृत्युका योजनाकार र निर्देशक हुन्’, बालेन प्रति लक्षित गर्दै उहाँले लेख्नु भएकाे छ ।
सचिव बस्नेतले राजनीतिक उद्देश्य पूरा गर्न बालबालिकाको जीवनसँग खेलवाड गर्नु अमानवीय र निन्दनीय कार्य भएको उल्लेख गर्नुभएको छ। उहाँले यस्ता गतिविधिमा संलग्न हुनेहरूलाई कानुनी दायरामा ल्याउनुपर्नेमा पनि जोड दिनुभएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
इराकमा खसेको अमेरिकी सैन्य विमानमा सवार सबैको मृत्यु भएको पुष्टि
पश्चिमी इराकमा बिहीबार दुर्घटना भएको अमेरिकी सेनाको केसी १३५ रिफ्युलिङ विमानमा सवार सबै ६ जनाको मृत्यु भएको पुष्टि भएको...
काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले जारी गरेको सूचनाअनुसार गोठाटार र...
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...




