अर्थ

चोरी, पैठारी नियन्त्रणमा प्रभावकारी काम भइरहेको छः भन्सार विभाग

काठमाडौँ। भन्सार विभागले चोरी, पैठारी नियन्त्रणमा प्रभावकारी काम भइरहेको दावी गरेको छ । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले सो कुरा बताउनुभएको हो । उहाँले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा चोरी पैठारी नियन्त्रणका लागि नीतिगत सुधार गर्दै त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएको जिकिर समेत गर्नुभयो।

महानिर्देशक भण्डारीले नेपाल–भारतबीच खुला सीमा भएका कारण चोरी, पैठारी बढी हुने गरेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न विभागले सम्बन्धित अन्य निकायहरुको सहयोगमा अर्धन्यायिक निकायको रुपमा समेत काम गरिरहेको स्पष्ट पार्नुभयो । उहाँले खुला सीमाका कारण भईरहेको अर्बौंको चोरी निकासीका सामानहरुलाई नियन्त्रणमा लिने उनीहरुलाई कारबाहीको दायरामा ल्याउने काम भईरहेको बताउनु भयो।

महानिर्देशक भण्डारीले भन्नुभयो, ‘हामी भारतसँग खुला सीमा भएका मुलुक हौ । चोरी, पैठारी, निकासीहरु हाम्रा खुला सीमामा कारण भईराखेका छन । त्यसमा हामी मात्रै इन्भल्व नभएर सुरक्षा निकायहरु सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, अन्य निकायहरु पनि संलग्न भएर हामीले यसलाई नियन्त्रण गरिरहेको अवस्था छ । भन्सार प्रशासनले त्यसरी आएका सामानहरु नियन्त्रणमा लिने, कब्जामा लिने र जफते गर्ने मुद्दाका अर्धन्यायिक निकायको रुपमा पनि काम गरिराखेको छ । त्यस्तो अर्वौको त्यस्ता खालका कारोबारहरु हामीले नियन्त्रण गरेर मुद्दाहरु टुंग्याएको अवस्था छ । यस्तो कुराहरुमा भन्सार प्रशासन अग्रणी रुपमा अगाडि छ । राजस्व चुहावट नियन्त्रण समितिको बैठकमार्फत पनि यी कुराहरु स्थानीय तहमा पनि र केन्द्रिय रुपमा पनि पोलिसीगत कुराहरु सुधार गर्ने कुरा भएर कार्यान्वयन भईरहेको अवस्था छ ।’
विभागले भन्सार ऐन, ८२ कार्यान्वयनमा आएको र त्यसले भन्सार प्रशासनमा व्यापक सुधार भईरहेको दाबी समेत गर्दै आएको छ । –न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

‘चीनको १५ औँ पञ्चवर्षीय योजना-नेपालका लागि अवसर’

‘चीनको १५ औँ पञ्चवर्षीय योजना-नेपालका लागि अवसर’

काठमाडौँ। चीनले आफ्नो विकासको नयाँ अध्यायका रूपमा २०२६ देखि २०३० सम्मको १५ औँ पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ ।...

रास्वपाको वाचापत्र समेटेर बजेट निर्माणको तयारी तिब्र, चैत मसान्तभित्र प्रश्ताव पेश गर्न निर्देशन

रास्वपाको वाचापत्र समेटेर बजेट निर्माणको तयारी तिब्र, चैत मसान्तभित्र प्रश्ताव पेश गर्न निर्देशन

काठमाडौँ।  आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुन करिव दुई महिना बाँकी छँदा अर्थ मन्त्रालयले बजेट निर्माणको तयारीलाई...

आयात बढ्दा पनि ग्यास अभाव कायमै

आयात बढ्दा पनि ग्यास अभाव कायमै

काठमाडौँ। खाना पकाउने ग्यासको आयात बढे पनि बजारमा उपभोक्ताले भने अझै सहज रूपमा पाउन सकेका छैनन् । भन्सार विभागको...

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

पर्सा। चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको...