Breaking News

हरिबोललाई कारबाहीप्रति झलनाथ खनाल रुष्ट, नेकपा फुट्ने खतरा बढेको भनाइ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले नेता हरिबोल गजुरेललाई पार्टीबाट निष्कासन गरेको घटनाप्रति कडा आपत्ति जनाउनुभएको छ। सोमबार सामाजिक सञ्जालमा एक सन्देश लेख्दै उहाँले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यशैलीप्रति असन्तुष्टि पोख्नुभएको हो।

खनालले गजुरेलजस्ता वरिष्ठ नेतालाई स्पष्टीकरणको मौकासमेत नदिई पार्टीबाट निष्कासन गर्नु आश्चर्यजनक र कठोर निर्णय भएको टिप्पणी गर्नुभएको हो । पार्टी एकीकरणको घोषणा भएको लामो समय बितिसक्दा पनि नेतृत्वदायी कमिटी बन्न नसकेको र संस्थागत निर्णय प्रक्रिया विकास नभएको भन्दै उनले एकाध व्यक्तिको चाहनामा ठुला निर्णय हुन थालेको आरोप लगाउनुभएको हो। पार्टीका अन्य घटकबाट आएका नेताहरूलाई जानकारी नै नदिई सञ्चारमाध्यमबाट कारबाहीको खबर सार्वजनिक गरिनु विधि र पद्धति विपरीत भएको उहाँको भनाइ छ ।

नेता खनालले गजुरेलमाथिको कारबाही तत्काल फिर्ता लिन र नेतृत्व तहमा रहेका नेताहरूको आकस्मिक बैठक बोलाउन संयोजक प्रचण्डसँग माग गर्नुभएको हो। उहाँले किन यस्तो कदम चाल्नुपर्‍यो भन्ने विषयमा पार्टीभित्र गम्भीर समीक्षा र दोहोरो छलफल हुनुपर्नेमा जोड दिनुभयो। पार्टीमा अधिनायकवादी शैली हाबी भएको भन्दै उहाँले सामूहिक निर्णय र नेतृत्व प्रणाली स्थापित गर्न नसके पार्टी दुर्घटनामा जाने चेतावनी दिनुभयो।

आगामी २०८२ सालको आम निर्वाचन नजिकिँदै गर्दा कम्युनिस्टहरूबिच नीतिनिष्ठ एकता आवश्यक रहे पनि नेतृत्वको कार्यशैलीले समस्या निम्त्याएको खनालको निष्कर्ष छ।

उहाँले नेतृत्व नसच्चिए पार्टी एकीकरण भइनसक्दै विशृंखलतातिर जाने र फुट्ने खतरा रहेको स्पष्ट पार्नुभएको छ।

सम्बन्धित समाचार

इराकमा खसेको अमेरिकी सैन्य विमानमा सवार सबैको मृत्यु भएको पुष्टि

इराकमा खसेको अमेरिकी सैन्य विमानमा सवार सबैको मृत्यु भएको पुष्टि

पश्चिमी इराकमा बिहीबार दुर्घटना भएको अमेरिकी सेनाको केसी १३५ रिफ्युलिङ विमानमा सवार सबै ६ जनाको मृत्यु भएको पुष्टि भएको...

काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती

काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले जारी गरेको सूचनाअनुसार गोठाटार र...

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...