कला

‘गोबर गणेश’को कमाइ १ करोडमाथि

काठमाडौँ। फिल्म ‘गोबर गणेश’ ले प्रदर्शनको ९ दिनमा १ करोड भन्दा माथि व्यापार गरेको छ। चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्सअफिस कलेक्सनअनुसार फिल्मको कमाइ १ करोड नाघेको छ।

फिल्मले माघ १० गते सम्म १ करोड १४ लाख ३५ हजार २ सय ६ रुपैयाँ कलेक्सन गरेको छ। जसअनुसार फिल्मको ४० हजार २ सय ३४ टिकट बिक्री भएको छ।

निर्देशक मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ निर्माण गरेको फिल्ममा ग्रामीण परिवेशमा हुर्केको गणेशको जीवन संघर्षको कथा समेटिएको छ। आफ्नो सपना पूरा गर्न सहर पसेपछि उसले सामना गर्नुपरेको चुनौतीलाई देखाइएको छ।

गणेशको भूमिकामा छन् निर्देशक मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’। उनको यो डेब्यु निर्देशकीय फिल्म हो। यही फिल्मबाट उनले ठूलो पर्दामा डेब्यु गरेका हुन्।

साथै फिल्ममा वर्षा शिवाकोटी, विनोद न्यौपाने, सीतादेवी तिमल्सिना, पदम तामाङ, बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, निर्मल शर्मा, माओत्से गुरुङ, पुजन घिमिरे (पुकु), स्वस्तिका लामिछानेलगायत कलाकारले अभिनय गरेका छन्।

सम्बन्धित समाचार

नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक

नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक

काठमाडौँ। नेपाली चलचित्र पहाडको गीतको भिडियो सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ‘मोहनी लगाउने’ बोलको गीत...

सलमान खानका बुवा डिस्चार्ज

सलमान खानका बुवा डिस्चार्ज

बलिउड पटकथा लेखक तथा अभिनेता सलमान खानका बुवा सलिम खान करिक १ महिनाको मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन्।...

यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार

यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार

काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...

बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´

बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´

काठमाडौं। अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा सार्वजनिक भएको छ। हलमा रिलिज भएको दुई...