अर्थ

भन्सार प्रशासनलाई राजश्व संकलन गर्ने निकायमा मात्रै सिमित राख्नु हुँदैनः उद्योग सचिव घिमिरे

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले भन्सार प्रशासनलाई केवल राजश्व उठाउने निकायको रूपमा मात्र सिमित राख्न नहुने बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले सीमा नाकाको सुरक्षा, व्यापार सहजीकरण, जनस्वास्थ्य प्रवद्र्धन तथा आपूर्ति श्रृङ्खलालाई व्यवस्थित बनाउने महत्वपूर्ण निकायका रूपमा भन्सार प्रशासनलाई लिनुपर्ने बताउनुभएको हो ।

सचिव घिमिरेले हाल भन्सार सुधार तथा आधुनिकीकरण रणनीति तयार हुँदै गरेको बताउँदै वार्षिक कार्यक्रम र माइलस्टोनमा बढी फोकस हुँदा दीर्घकालीन आधुनिकीकरण र रणनीतिमा कम ध्यान गएको जस्तो देखिएको टिप्पणी गर्नुभयो । वार्षिक कार्यक्रम र माइलस्टोनका साथसाथै नयाँ रणनीति तर्जुमा गर्नुपर्ने उहाँले बताउनु भयो ।

सचिव घिमिरेले भन्नुभयो–‘भन्सार प्रशासन भनेको केबल राजस्व उठाउने निकाय होइन । बोर्डरको नाका सुरक्षा, व्यापारको सहजिकरण, जनस्वास्थ्यको प्रवद्र्धन गर्ने, आपूर्ति श्रृखलालाई व्यवस्थित बनाउने महत्वपूर्ण निकाय हो । भन्सार सुधार तथा आधुनिकिकरण रणनीति बन्दैछ । वार्षिक कार्यक्रम र माइलस्टोनमा बढी फोकस हुँदा आधुनिकिकरण र रणनीतिमा अलि कम ध्यान दिएको हो की जस्तो देखिन्छ । वार्षिक कार्यक्रम र माइलस्टोनका साथसाथै नयाँ रणनीति तर्जुमा गर्नुपर्छ ।’

सचिव घिमिरेले भन्सार ऐनअनुसार नै प्रशासन सजग रहनुपर्ने र निजी क्षेत्र पनि सोहीअनुसार अघि बढ्नुपर्नेमा जोड दिनुभयो । घिमिरेकाअनुसार अब जाँचपास प्रक्रियामा अब ढिलाइ गर्न हुँदैन भने व्यवसायीहरुले पनि भन्सार ऐन मिच्नुहुँदैन ।–न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

‘चीनको १५ औँ पञ्चवर्षीय योजना-नेपालका लागि अवसर’

‘चीनको १५ औँ पञ्चवर्षीय योजना-नेपालका लागि अवसर’

काठमाडौँ। चीनले आफ्नो विकासको नयाँ अध्यायका रूपमा २०२६ देखि २०३० सम्मको १५ औँ पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ ।...

रास्वपाको वाचापत्र समेटेर बजेट निर्माणको तयारी तिब्र, चैत मसान्तभित्र प्रश्ताव पेश गर्न निर्देशन

रास्वपाको वाचापत्र समेटेर बजेट निर्माणको तयारी तिब्र, चैत मसान्तभित्र प्रश्ताव पेश गर्न निर्देशन

काठमाडौँ।  आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुन करिव दुई महिना बाँकी छँदा अर्थ मन्त्रालयले बजेट निर्माणको तयारीलाई...

आयात बढ्दा पनि ग्यास अभाव कायमै

आयात बढ्दा पनि ग्यास अभाव कायमै

काठमाडौँ। खाना पकाउने ग्यासको आयात बढे पनि बजारमा उपभोक्ताले भने अझै सहज रूपमा पाउन सकेका छैनन् । भन्सार विभागको...

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

पर्सा। चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको...