मङ्गोलियाको ९० प्रतिशत भूभाग हिउँले ढाकियो
मङ्गोलियाको करिव ९० प्रतिशत भूभाग ४५ सेन्टिमिटरसम्म बाक्लो हिउँले ढाकिएको त्यहाँको राष्ट्रिय मौसम तथा वातावरणीय अनुगमन निकायले जनाएको छ । मङ्गोलियाका २१ मध्ये कम्तीमा ९ वटा प्रान्तले जुद ९मशगम० भनिने चरम जाडोको सामना गरिरहेका छन् भने अन्य १६ प्रान्तहरू पनि जुद जस्तै अवस्थाको नजिक पुगेका छन् ।
जुद एउटा मङ्गोलियाली शब्द हो, जसले जमिन जमेको वा हिउँले ढाकिएको कारण ठूलो संख्यामा पशुचौपाया मर्ने गरी हुने अत्यधिक चिसो जाडोलाई बुझाउँछ । मङ्गोलिया आफ्नो कठोर महाद्वीपीय जलवायुका लागि परिचित छ । जहाँ लामो समयसम्म कठाङ्ग्रिदो जाडो र छोटो गर्मी हुने गर्दछ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




