गाडीको ठक्करबाट सुर्खेतमा मोटरसाइकल चालकको मृत्यु
सुर्खेत। सुर्खेतमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। सुर्खेतको लाटीकोइलीका ४३ वर्षीय पदमबहादुर बिसीको उपचारका क्रममा प्रादेशिक अस्पताल कालागाउँमा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले बताउनुभयो।
बिसीको आज बिहान साढे १० बजेतिर मृत्यु भएको थियो। सोमबार बिहान पौने १० बजेतिर सुर्खेतबाट नेपालगञ्जतर्फ जाँदै गरेको क.प्र ०२००१ ज् ०६२३ नम्बरको गाडीले विपरित दिशाबाट आउँदै बिसी सवार भे।६ प। ३३२१ ननम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनाका गम्भीर घाइते बिसीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। गाडी चालक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ७ का ४४ वर्षीय बालकृष्ण रिजाल प्रहरी नियन्त्रणमा छन्।घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
सर्वोच्चको आदेशसँगै फर्कियो राजकुमार शर्माको सांसद पद
काठमाडौं । सर्वोच्च अदालतले कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्माको पक्षमा आदेश दिएको छ। तत्कालीन नेकपा माओवादीले प्रगतिशील लोकतान्त्रिक...
लोकसेवाका नक्कली १२ परीक्षार्थी नियन्त्रणमा
कर्णाली। लोक सेवा आयोगको कार्यालय सुर्खेतद्वारा सञ्चालित प्रहरी जवान (जनपद) पदको लिखित परीक्षामा सहभागी १२ जना नक्कली परीक्षार्थी पक्राउ परेका...
कर्णाली प्रदेशमा मानवीय सुरक्षाः नलगाड र बारेकोटले बनाए कानून र नीति
कर्णाली प्रदेशका स्थानीय सरकारले मानवीय सुरक्षालाई कानून र नीति बनाएरै कार्यान्वयनमा ल्याउन थालेका छन् । उनीहरुले मानवीय सुरक्षा लाई...
डोल्पाको प्रजिअमा जुनु ढकाल
डोल्पा — हिमाली जिल्ला डोल्पाले महिला प्रमुख जिल्ला अधिकारी पाएको छ । ‘जिल्लाको इतिहासमै पहिलोपटक महिला प्रजिअ पाएको हो,’...




