एमाले झापा क्षेत्र नं. २ मा निर्वाचन परिचालन समिति गठन
झापा । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं. २ मा नेकपा (एमाले)ले प्रदेश कमिटी सदस्य एकराज कार्कीको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ ।
विर्तामोडमा सोमबार क्षेत्रीय कमिटी बैठकमा निर्वाचन परिचालन समिति घोषणा गरिएको हो । निर्वाचन परिचालन समितिको सहसंयोजकमा जिल्ला अध्यक्ष प्रेमबहादुर गिरी र सचिवमा बद्रि भट्टराई चयन भएका छन् ।
निर्वाचन परिचालन समितिमा क्षेत्र नं. २ भित्र रहने प्रदेश कमिटीका सबै पदाधिकारी तथा सदस्यहरू, क्षेत्र नं. २ भित्र रहने प्रदेश विभाग तथा सल्लाहकारहरू, झापा जिल्ला लेखा कमिटीका पदाधिकारी तथा सदस्यहरू, झापा २ क्षेत्रीय र प्रदेश क्षेत्रीय कमिटीका पदाधिकारी सदस्यहरू, झापा जिल्ला सल्लाहकार र विभाग सबै, विर्तामोड र अर्जुनधारा नगरपार्टी कमिटी र कन्काई तथा बुद्धशान्तिको यो क्षेत्र अन्तर्गत पर्ने वडाबाट प्रतिनिधित्व गर्ने पालिका कमिटीका पदाधिकारी तथा सदस्यहरू, झापा क्षेत्र नं २ अन्तर्गत पर्ने २५ वटै वडाकमिटीका पदाधिकारी तथा सदस्यहरू, जनवर्गीय संगठन (केन्द्र, प्रदेश, जिल्ला, पालिका, वडा) का सबै पदाधिकारी तथा सदस्यहरू, नेकपा एमाले बाट यस भूगोलमा निर्वाचित सबै जनप्रतिनिधिहरू र निर्वाचन क्षेत्रका पार्टी सदस्य सबै रहेका छन् ।
निर्वाचन रणनीति निर्माणका लागि क्षेत्र स्तरीय स्टेरिङ कमिटी समेत गठन गरिएको छ ।
सचिवालयमा संयोजक एकराज कार्की, सल्लाहकार संयोजक हरिचरण सिवाकोटी, आर्थिक संयोजक चिन्तन पाठक तथा केन्द्रीय सदस्य एलिसा गौतम रहेका छन् । त्यसैगरी जिल्ला अध्यक्ष प्रेम बहादुर गिरी, जिल्ला उपसचिव अनिता कन्दङ्वा, क्षेत्रीय संयोजक बद्री भट्टराई र प्रदेश सभा सदस्य कमला थापा मगर सचिवालयका सदस्य छन् ।
स्थानीय सरकारको तर्फबाट बिर्तामोड नगर प्रमुख पवित्रा महतरा प्रसाई, अर्जुनधारा नगर प्रमुख बलदेव सिंह गोम्देन तामाङ, बिर्तामोड उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र अर्जुनधारा उपप्रमुख खड्गमाया पराजुलीलाई समेत सचिवालयमा समेटिएको छ ।
बैठकले निर्वाचनलाई व्यवस्थित र परिणाममुखी बनाउन विभिन्न विषयगत समितिहरू पनि गठन गरेको छ ।
यस अन्तर्गत सल्लाहकार समिति, अनुगमन तथा निरीक्षण समिति, आर्थिक परिचालन समिति, प्रतिवद्धता पत्र तयारी समिति, सञ्चार संयन्त्र गठन तथा परिचालन समिति र प्रचार सामग्री सम्पादन समिति गठन गरिएको छ ।
यसका साथै अन्य राजनीतिक दलहरूसँग संवाद, सहकार्य र समन्वयका लागि ‘विपक्षी पार्टीसँगको समन्वय तथा साझेदारी सहजीकरण समिति’ पनि बनाइएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
२४ घण्टामा भएको विपद्बाट तीन जनाको मृत्यु
-
३.
खोटाङमा हेलिकप्टर दुर्घटना
-
४.
सरकारले गणतन्त्र, संविधान र संघीयता जोगाउँदै देश बनाउने काममा उपयोग गर्न सक्नुपर्छ : रामवरण यादव
-
५.
आज घोडेजात्रा, काठमाडौँ उपत्यकामा बिदा
सिफारिस
सबैसम्बन्धित समाचार
आन्द्राको क्यान्सरबाट साँगुरीगढी–३ का वडाध्यक्ष लिम्बूको निधन
हिले। धनकुटाको साँगुरीगढी गाउँपालिका–३ का वडाध्यक्ष टेकप्रसाद लिम्बूको आन्द्राको क्यान्सरको उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित अस्पतालमा निधन भएको छ।...
बाढीले फेमे खोलाको डाइभर्सन बगायो, यातायात अवरुद्ध
फिदिम । चार महिनापछि परेको वर्षासँगै आएको बाढीले पाँचथरस्थित फेमे खोलामा बनाइएको डाइभर्सन बगाएको छ। डाइभर्सन बगेसँगै सदरमुकाम फिदिम...
इलाम केन्द्रबिन्दु बनाएर भूकम्प
काठमाडौं। इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका...
गौरादहमा ट्याक्टर दुर्घटना हुँदा एक महिलाको मृत्यु
काठमाडौँ। झापाको गौरादहमा ट्याक्टर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन्। सोमबार...




