Breaking News

शवगृहबाट लास अदलबदल, कारबाहीको माग

लहान। रामकुमार शारदा उमा प्रसाद मुरारका प्रादेशिक अस्पताल, लहानको शवगृहबाट लास अदलबदल गरिएको आरोप लगाउँदै पीडित पक्षले जिम्मेवार चिकित्सक तथा अस्पताल प्रशासनमाथि कारबाहीको माग गरेका छन् ।

माघ १० गते सिरहा गोलबजार नगरपालिका–३ की निसा बानियाँ र सप्तरी खडक नगरपालिका–१, करेबोना की १७ वर्षीया राधिका साह झुन्डिएको अवस्थामा मृत भेटिएपछि पोस्टमार्टमका लागि दुवैको शव उक्त अस्पताल ल्याइएको थियो। आइतबार राधिकाको शव भनेर बुझी उहाँका काका सतिव साहले घर लगेपछि अन्त्येष्टि गरिएको थियो । तर सोमबार बिहान निसा बानियाँको शव बुझ्न अस्पताल आएका उहाँका पिता पूर्णबहादुर बानियाँले ‘छोरीको शव नभएको’ बताएपछि खोजी गर्दा शव अदलबदल भएको खुल्न आएको हो ।

इलाका प्रहरी कार्यालय लहानले आइतबार शव बुझेर लगेका राधिकाका काका सतिव साहलाई शवगृहमा राखिएको शव पहिचान गराउँदा उक्त शव आफ्नै भतिजी राधिकाको भएको स्वीकार गर्नुभएको प्रहरीले जनाएको छ । सतिवले अचेत अवस्थामा शव बुझिएकाले पहिचान गर्न नसकेको र त्यही शवको अन्त्येष्टि गरिएको स्वीकार गर्नुभएको छ । भारतको महाराष्ट्र राज्यको राजधानी मुम्बईबाट आउन दुई दिन लागेको बताउँदै मृतक निसाका पिता पूर्णबहादुर बानियाँले अस्पताल प्रशासन, विशेषगरी मेडिकल सुपरिन्टेन्डेन्ट रञ्जित कुमार झाको चरम लापरबाहीका कारण यस्तो घटना भएको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, “काका पर्ने व्यक्तिले शव नै नचिनेको कुरा पत्यारलाग्दो छैन । अस्पतालको मिलेमतोमा यस्तो भएको हो । दोषीमाथि कारबाही नभए आन्दोलनमा उत्रिन्छु ।” शव पहिचान गरेर मात्र बुझाउनुपर्नेमा सो प्रक्रिया पूरा नगरेकाले घटनाको छानबिन गरी दोषीमाथि कारबाहीका लागि सिफारिस गरिने अस्पताल विकास समितिका अध्यक्ष रामनारायण मेहताले बताउनुभयो ।

पीडित पक्षको कारबाही माग उचित रहेको उल्लेख गर्दै घटनाबारे गहिरो अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक कैलाश राईले जानकारी दिनुभयो ।

जीवछ यादव/ गोरखापत्र दैनिक

सम्बन्धित समाचार

इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु, नेपाली ब्यारेकमा पनि आक्रमण

इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु, नेपाली ब्यारेकमा पनि आक्रमण

काठमाडौं। दक्षिण लेबनानमा शुक्रबार राति इजरायली हवाई आक्रमण जारी रहँदा १३ जनाको मृत्यु भएको छ। लेबनानी आधिकारिक स्रोतकाअनुसार संयुक्त...

इराकमा खसेको अमेरिकी सैन्य विमानमा सवार सबैको मृत्यु भएको पुष्टि

इराकमा खसेको अमेरिकी सैन्य विमानमा सवार सबैको मृत्यु भएको पुष्टि

पश्चिमी इराकमा बिहीबार दुर्घटना भएको अमेरिकी सेनाको केसी १३५ रिफ्युलिङ विमानमा सवार सबै ६ जनाको मृत्यु भएको पुष्टि भएको...

काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती

काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले जारी गरेको सूचनाअनुसार गोठाटार र...

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...