ट्रम्पद्वारा दक्षिण कोरियाली सामानमा भन्सार शुल्क २५ प्रतिशत पुर्याउने घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार दक्षिण कोरियाको व्यवस्थापिकाले अमेरिकासँगको द्विपक्षीय व्यापार सम्झौता लागू नगरेको आरोप लगाउँदै निश्चित कोरियाली सामानहरूमा भन्सार शुल्क १५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पु¥याउने बताउनुभएको छ।
उहाँले सामाजिक सञ्जालमा कोरियाली व्यवस्थापिकाले अमेरिकाको ऐतिहासिक व्यापार सम्झौता लागू नगरेका कारण दक्षिण कोरियाली सवारी साधन, काठ, औषधि र अन्य सबै पारस्परिक शुल्कहरू १५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पु¥याएको बताउनुभयो। दक्षिण कोरियाको व्यवस्थापिकाले अमेरिकासँगको सम्झौता पालना नगरेको आरोप लगाउनुभयो।
राष्ट्रपति ली र आफूले जुलाई ३०, २०२५ मा दुवै देशका लागि एक उत्कृष्ट सम्झौता गरेको भन्दै अक्टोबर २९, २०२५ मा आफू कोरियामा रहँदा यी शर्तहरू कार्यान्वयन गर्ने प्रतिवद्धता गरेपनि सफल नभएको बताउनुभयो।
अक्टोबर २०२५ मा ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङबीच भएको सम्झौताअनुसार अमेरिकाले दक्षिण कोरियाबाट हुने आयातमा १५ प्रतिशतको एकमुष्ठ भन्सार शुल्क लगाउने कुरा थियो । जुन ट्रम्पले पहिले धम्की दिएको स्तरभन्दा १० प्रतिशत बिन्दुले कम थियो । यसको बदलामा, दक्षिण कोरियाले अमेरिकामा ३५० अर्ब अमेरिकी डलर लगानी गर्न सहमति जनाएको थियो ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




