अन्तर्राष्ट्रिय

इजरायलद्वारा गाजामा बन्धक बनाइएका अन्तिम व्यक्तिको शव बरामद भएको घोषणा

इजरायली सेनाले सोमवार इजरायल प्रहरीको कुलीन यासाम गस्ती इकाईका २४ वर्षीय सदस्य रान गभिलीको अवशेष फेला पारेको घोषणा गरेको छ । जो ७ अक्टोबर २०२३ मा मारिएका थिए र जसको शव गाजा पुर्‍याइएको थियो।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले पत्रकारहरूलाई इजरायली सेना गभिलीको शव लिएर अन्त्येष्टिका लागि इजरायलतर्फ फर्किरहेको बताउनुभयो। सेनाले एक विज्ञप्तिमा राष्ट्रिय फरेन्सिक मेडिसिन संस्थानद्वारा पहिचान प्रक्रिया पूरा भएपछि सार्जेन्ट फस्र्ट क्लास रान गभिलीको परिवारलाई जानकारी गराइएको उल्लेख गरेको छ।

यो घोषणा इजरायलले गुप्तचर सूचनाको आधारमा उत्तरी गाजाको एक कब्रिस्तानमा गभिलीको अवशेष फेला पार्न ठूलो स्तरको अभियान शुरु गरेको एक दिनपछि आएको हो। हमासकाअनुसार संयुक्त राज्य अमेरिका, कतार र इजिप्टको मध्यस्थतामा अक्टोबर २०२५ मा लागू भएको युद्धविराम सम्झौताको पहिलो चरण अन्तर्गत सबै इजरायली वन्धकहरूलाई जीवित वा अवशेषका रूपमा फिर्ता गरिएको छ ।

सम्बन्धित समाचार

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...