Breaking News

बालेनहरूलाई जिताउन विदेशी शक्तिले ठूलो लगानी गरे : प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिष्ट कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन साहलाई जिताउन बाह्य शक्तिहरूले ठूलो लगानी गरिरहेको आरोप लगााउनुुभएको हो।

मंगलवार काठमाडौँमा आयोजित नेपाली कम्युनिष्ट पार्टीमा चुरे भावर पार्टी समायोजन कार्यक्रममा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभयो। प्रचण्डले विचार, सिद्धान्त, त्याग, तपस्या र बलिदानको आधारमा अघि बढ्नेभन्दा स्टन्टको भरमा लोकप्रिय हुनेहरूलाई देशी, विदेशी शक्तिहरूले ठूलो लगानी गरिरहेको दावी गर्नुभयो।

उहाँले मुलुकमा राष्ट्रिय तागत निर्माण गरी देश र जनताको पक्षमा काम गर्न आफूले कम्युनिष्ट र वामपन्थी शक्तिहरूबीचको एकता अभियानलाई तीव्रता दिनुपरेको बताउनुभयो।

प्रचण्डले भन्नुभयो‘अहिले देशमा विचार, सिद्धान्त, राजनीति, त्याग, तपस्याभन्दा स्टन्ट गरेको भरमा लोकप्रिय हुने र त्यस्तालाई नै अघि बढाउन देशी, विदेशी शक्तिहरूले ठूलो लगानी गरेको देखेका छौं। हामीले इतिहासको सम्मान गर्ने, विचारको सम्मान गर्ने, राजनीतिक मूल्यमान्यतामा आधारित आन्दोलनलाई संगठित गर्ने ऐतिहासिक आवश्यकता महसुस गरेर नेपाली कम्युनिष्ट पार्टी निर्माण प्रक्रियालाई र ध्रुवीकरण र एकता प्रक्रिया अघि बढाएका हौँ।’

उहाँले कम्युनिष्ट, देशभक्त शक्तिहरूको एकता प्रक्रियाले मात्रै मुलुकलाई संकटबाट जोगाउने भएकाले सम्बन्धित सबै पक्षले पार्टी एकता प्रक्रियामा समाहित हुनुपर्नेमा जोड दिनुभयो।

सम्बन्धित समाचार

इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु, नेपाली ब्यारेकमा पनि आक्रमण

इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु, नेपाली ब्यारेकमा पनि आक्रमण

काठमाडौं। दक्षिण लेबनानमा शुक्रबार राति इजरायली हवाई आक्रमण जारी रहँदा १३ जनाको मृत्यु भएको छ। लेबनानी आधिकारिक स्रोतकाअनुसार संयुक्त...

इराकमा खसेको अमेरिकी सैन्य विमानमा सवार सबैको मृत्यु भएको पुष्टि

इराकमा खसेको अमेरिकी सैन्य विमानमा सवार सबैको मृत्यु भएको पुष्टि

पश्चिमी इराकमा बिहीबार दुर्घटना भएको अमेरिकी सेनाको केसी १३५ रिफ्युलिङ विमानमा सवार सबै ६ जनाको मृत्यु भएको पुष्टि भएको...

काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती

काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले जारी गरेको सूचनाअनुसार गोठाटार र...

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...