Breaking News

कांग्रेसको घोषणापत्रमा ‘भिजन–१०’, सुशासन र विकासलाई प्राथमिकता

काठमाडौं। नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गर्ने घोषणापत्रमा ‘भिजन–१०’ समेटिने भएको छ। पार्टी प्रवक्ता देवराज चालिसेले घोषणापत्रले मुलुकको यथार्थ अवस्था चित्रण गर्दै सुशासन, विकास र व्यवहारिक कार्ययोजनालाई मुख्य आधार बनाउने बताउनुभएको छ।

प्रवक्ता चालिसेका अनुसार कांग्रेसको घोषणापत्र केवल आकांक्षा र प्रतिबद्धतामा सीमित नहुने, त्यसलाई कार्यान्वयन गर्न आवश्यक स्रोत र उपायसमेत स्पष्ट रूपमा उल्लेख गरिनेछ। “घोषणापत्रमा स्रोत व्यवस्थापनका उपायहरू पनि समेटिन्छन्,” उहाँले भन्नुभयो।

हाल घोषणापत्र निर्माणका क्रममा पार्टीले जिल्ला–जिल्लाबाट सुझाव संकलन गरिरहेको चालिसेले जानकारी दिनुभयो।

स्थानीय तह, क्षेत्र र जिल्लाबाट आएका सुझावलाई एकीकृत गरेर राष्ट्रिय आवश्यकतासँग जोडिने उहाँको भनाइ छ।

“कांग्रेसले गर्न सक्ने क्षमता, व्यवहारिकता र कार्यान्वयन योग्य कार्यक्रम समेटिएको घोषणापत्र ल्याउँछ,” प्रवक्ता चालिसेले भन्नुभयो, `यो घोषणापत्रले हरेक नागरिकको मन छुने, सबै वर्ग, क्षेत्र र समुदायको भावना अटाउने प्रयास गर्नेछ।”

उहाँका अनुसार कांग्रेसको घोषणापत्रले वर्तमान चुनौती र भविष्यको दिशालाई एकैसाथ सम्बोधन गर्दै विश्वासयोग्य विकल्प प्रस्तुत गर्नेछ। पार्टीले घोषणापत्रमार्फत स्थिरता, उत्तरदायित्व र समावेशी विकासको स्पष्ट खाका जनतासामु राख्ने तयारी गरेको छ।

सम्बन्धित समाचार

सर्वोच्चको आदेशसँगै फर्कियो राजकुमार शर्माको सांसद पद

सर्वोच्चको आदेशसँगै फर्कियो राजकुमार शर्माको सांसद पद

काठमाडौं । सर्वोच्च अदालतले कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्माको पक्षमा आदेश दिएको छ। तत्कालीन नेकपा माओवादीले प्रगतिशील लोकतान्त्रिक...

कांग्रेसको काठमाडौँ उपत्यका विकास प्रतिबद्धतापत्र ‘भिजन-१०’ सार्वजनिक

कांग्रेसको काठमाडौँ उपत्यका विकास प्रतिबद्धतापत्र ‘भिजन-१०’ सार्वजनिक

काठमाडौं। काठमाडौँ उपत्यकामा प्रतिनिधि सभा सदस्य उम्मेदवारहरूका तर्फबाट नेपाली कांग्रेस काठमाडौँ उपत्यका विकास प्रतिबद्धतापत्र ‘भिजन-१०’ सार्वजनिक गरिएको छ। बिहीबार...

प्रतिनिधिसभा निर्वाचनमा २ लाख १५ हजार कर्मचारी परिचालन हुने

प्रतिनिधिसभा निर्वाचनमा २ लाख १५ हजार कर्मचारी परिचालन हुने

काठमाडौँ। निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न आयोग पूर्ण रूपमा तयार...

देशको समृद्धिको सपनालाई कांग्रेसले मात्रै पूरा गर्न सक्छ – उपसभापति भुषाल

देशको समृद्धिको सपनालाई कांग्रेसले मात्रै पूरा गर्न सक्छ – उपसभापति भुषाल

सुर्खेत । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुषाल गौतमले देशको समृद्धि र युवा, महिला, जनजाति, दलित समुदायको सपनालाई अब कांग्रेसले...