नेकपाले बहुमत ल्याउने वामदेव गौतमको ठोकुवा
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गर्नुभएको छ।
मंगलवार काठमाडौंमा आयोजित क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका एकता पक्षसँगको समायोजन कार्यक्रममा बोल्दै उहाँले सो जिकिर गर्नुभएको हो। नेता गौतमले निर्वाचनमा विजयी भएपछि आफ्नो पार्टीको सरकारले बेरोजगारी समस्याको अन्त्य गर्नेगरी समाजवादको आधार तयार पार्ने समेत बताउनुभयो।
उहाँले हरेक विद्रोहलाई शान्तिमा परिणत हुनेगरी वामपन्थी शक्तिहरुबीचको एकता अभियानलाई आफूहरुले अघि बढाएको पनि बताउनुभयो।
नेता गौतमले भन्नुभयो, ‘अब यो विद्रोहलाई पनि शान्ति दिन सक्ने क्षमतासहित हाम्रो पार्टी विकसित भइसकेको छ । हाम्रो पार्टीले यही फागुन २१ गते हुने निर्वाचनमा बहुमत हासिल गर्छ। बहुमत हासिल गर्नसाथ हामीले समाजवादको आधार कसरी सृजना हुनेछ भन्ने हामीले गरेर देखाईदिनेछौ। र कुनै पनि व्यक्ति काम गर्न नपाउने गरी बेरोजगार हुनुपर्ने अवस्था सदाको लागि अन्त्य हुनेछ। सभ्यता र समृद्ध हामीले हासिल गरेर देखाईदिनेछौँ। त्यो ठाउँमा जान हामी तयार भइराखेका छौँ ।’
नेता गौतमले साना साना नदीरुपी पार्टीहरुलाई मिलाएर आफ्नो पार्टीले समुन्द्रको रुपमा लिएको बताउनु भयो । –न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी
-
२.
सानदार मतसहित बालेन निर्वाचित, ओलीको लज्जास्पद हार
-
३.
कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी
-
४.
निर्वाचनपछिको समीक्षाको खास काम छैन : गोकुल बास्कोटा
-
५.
कतिपय मतदाताले मतपत्रमा कुनै पनि चुनाव चिन्हमा सङ्केत नगरी खसाले : आयोग
ट्रेन्डिङ
सम्बन्धित समाचार
सानदार मतसहित बालेन निर्वाचित, ओलीको लज्जास्पद हार
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा-५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) निर्वाचित भएका छन्।...
कतिपय मतदाताले मतपत्रमा कुनै पनि चुनाव चिन्हमा सङ्केत नगरी खसाले : आयोग
काठमाडौँ। प्रत्यक्षतर्फको मतगणना सम्पन्न भइ नतिजा घोषणा भएका निर्वाचन क्षेत्रहरूमा निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणना कार्यलाई पनि तीव्रता दिएको छ।...
दुईतिहाई बहुमततिर रास्वपा!
काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनको मतगणना जारी छ । प्रत्यक्ष र समानुपातिक दुवैतर्फ रास्वपा हाबी हुँदै दुई तिहाइ बहुमततर्फ अग्रसर...
पार्टीपंक्तिलाई रास्वपा प्रवक्ता झाको अपिल, आवश्यकता भन्दा बढी उत्साहित नहुनू
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी/रास्वपाका प्रवक्ता मनिष झाले पार्टीका नेता, कार्यकर्तालाई आवश्यकता भन्दा बढी उत्साहित नहुन आह्वान गर्नुभएको छ ।...




