अर्थ

उद्यमी बन्ने की जागिर खाने ? युवा उमेरमै निर्धारण गर्नुस्ः श्रेष्ठ

काठमाडौँ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। प्रकाशकुमार श्रेष्ठले उद्यमी बन्ने की जागिर खाने भन्नेबारे युवा उमेरमै निर्धारण गर्न आग्रह गनुभएको छ ।
मंगलवार दोस्रो राष्ट्रिय सहकारी युवा सम्मेलनलाई सम्बोधन गर्दै उहाँले चाहनाअनुसारको पेशालाई युवा अवस्थामा निर्धारण गर्दा सफल हुने सम्भावन बलियो रहेको बताउनु भयो । उहाँले सरकारी जागिरमा एकदमै प्रतिष्पर्धा हुने र उद्यामशीलतामा जाँदा पनि कडा मेहनत भने गर्नुपर्ने बताउनु भयो ।

योजना आयोगका उपाध्यक्ष श्रेष्ठले भन्नुभयो–‘हामी उद्यमी हुने की जागिरमै जाने युवा अवस्थामै निर्धारण गर्नुपर्छ । आफ्नो चाहना के छ, त्यता तिर जानुपर्छ । सरकारी जागिरमा एकदमै प्रतिष्पर्धा हुन्छ । उद्यमशीलता तिर जाँदा पनि कडा मेहनत गर्नुपर्ने हुन्छ । अल्छि मानेर बसेर हुँदैन । समय, लगावले सफल उद्यमी भइन्छ । उद्यमी सफल हुँदा धेरै कमाएको पनि हामीले देखिरहेका छौँ । जागिर तिर जाँदा जिवन पाल्ने काम हुन्छ । खासै आर्थिक हिसाबले प्रगति नहुन सक्छ । त्यसैकारण सकेसम्म युवाहरु उद्यमी हुन खोज्नुभयो भने धेरै राम्रो हुन्छ ।’

श्रेष्ठले उद्यमी हुन युवाहरुलाई सुझाव दिँदै त्यसले आर्थिक अवस्थामा ठूलो सुधार आउने बताउनु भयो । उहाँले सफलताका लागि प्रविधिमा अभ्यस्त हुन समेत युवाहरुलाई अनुरोध गर्नुभयो । अहिले छिटोछरितो प्रविधिमा परिवर्तन आएको बताउँदै श्रेष्ठले अब त्यसमा अभ्यस्त हुनुपर्ने ठूलो चुनौती आएको समेत बताउनु भयो । आफू १४÷१५ वर्षको हुँदासम्म प्रविधिबारे धेरै कुराहरुमा अनभिज्ञ रहेको स्मरण गर्दै उहाँले अहिलेका पुस्ता जन्मिदै हाइटेक भएको निस्केको अनुभुति आफूले गरेको उहाँले बताउनु भयो ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले विगतमा जोखिम क्षेत्र आकलन नगरि ऋण प्रवाह गर्दा सहकारीसंस्थाहरु धराशायी भएको बताउनु भयो ।
उहाँले धितो नराखी लोनहरु दिनुका साथै वास्तविक सदस्य हो, त्यो भन्दा बाहिरको ठूलाठूला रकम वचतका रुपमा स्वीकार गरिँदा समेत समस्या आएको बताउनु भयो । त्यस्तो रकम जो सञ्चालक छ उनीहरुको कम्पनीमा लगानी गरिदाँ सहकारी संस्था डुबेको बताउँदै अब विगतबाट सिकेर अघि बढ्नुपर्ने बताउनु भयो ।

सचिव भुजेलले भन्नुभयो–‘विगतमा सहकारीसंस्थाहरु जुन धराशायी भए, जोखिम क्षेत्र आँकलन गरिएन । धितो नराखी लोनहरु दिइयो । जो वास्तविक सदस्य हो, त्यो भन्दा बाहिरको ठूलाठूला रकम वचतका रुपमा स्वीकार गरियो । त्यस्ता रकम अन्यत्र अर्थात जो सञ्चालक छ उनीहरुको कम्पनीमा लगानी गरियो, त्यसबाट सहकारी संस्था डुबे । अहिसम्मका अध्ययन प्रतिवेदनबाट पाइयोृ । सहकारी संचालकहरु दोषी छन् । सहकारी संचालक समाजमा सम्मानित मान्छेहरु छन् ।आर्थिक रुपमा पनि सम्पन्न छन्, अहिले उनी शिर निहुराएर हिँड्नुपरेको छ । मलाई कारबाही गरेपनि हुन्छ भनेर आइरहेका छन् । त्यस्तो देख्नपर्दा अप्ठ्यारो लागिरहेको छ ।’

सचिव भुजेलले अब सहकारीहरु अनुशासनमा रहेर चल्नुपर्नेमा जोड दिनुभयो । उहाँले सहकारीहरुमाथि कडा नियमन गरेर अघि बढ्न आफूहरुलाई दबाब पनि परिरहेको बताउनु भयो । धेरै वचतकर्ताको रकम डुबेकाले अब सहकारीहरुमाथि सरकारले नियमन बढाउने उहाँको भनाइ छ ।
मंगलवारबाट शुरु भएको दोस्रो राष्ट्रिय सहकारी युवा सम्मेलन बुधवारसम्म चल्ने आयोजक संस्थालले जानकारी दिएको छ । –न्युज एजेन्सी नेपाल

 

सम्बन्धित समाचार

‘चीनको १५ औँ पञ्चवर्षीय योजना-नेपालका लागि अवसर’

‘चीनको १५ औँ पञ्चवर्षीय योजना-नेपालका लागि अवसर’

काठमाडौँ। चीनले आफ्नो विकासको नयाँ अध्यायका रूपमा २०२६ देखि २०३० सम्मको १५ औँ पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ ।...

रास्वपाको वाचापत्र समेटेर बजेट निर्माणको तयारी तिब्र, चैत मसान्तभित्र प्रश्ताव पेश गर्न निर्देशन

रास्वपाको वाचापत्र समेटेर बजेट निर्माणको तयारी तिब्र, चैत मसान्तभित्र प्रश्ताव पेश गर्न निर्देशन

काठमाडौँ।  आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुन करिव दुई महिना बाँकी छँदा अर्थ मन्त्रालयले बजेट निर्माणको तयारीलाई...

आयात बढ्दा पनि ग्यास अभाव कायमै

आयात बढ्दा पनि ग्यास अभाव कायमै

काठमाडौँ। खाना पकाउने ग्यासको आयात बढे पनि बजारमा उपभोक्ताले भने अझै सहज रूपमा पाउन सकेका छैनन् । भन्सार विभागको...

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

पर्सा। चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको...