देश ‘ब्ल्याक लिस्ट’तर्फ धकेलिनसक्ने खतरा छः सांसद भट्टराई
काठमाडौँ। नेकपा एमालेका सांसद गोपाल भट्टराईले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको संगठित अपराध र सम्पती शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिन गरेको निर्णयप्रति आपत्ति जनाउनुभएको छ ।
मंगलवार बसेको राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उहाँले हाल नेपाल ‘ग्रे लिस्ट’मा रहेको अवस्थामा यस्ता संवेदनशील मुद्दा कमजोर पार्ने कार्यले देशलाई ‘ब्ल्याक लिस्ट’तर्फ लैजाने खतरा बढेको बताउनुभयो । संगठित अपराध र सम्पत्ति शुद्धीकरणजस्ता गम्भीर मुद्दामा राज्य संयन्त्र नै लागेर अपराधलाई प्रोत्साहन गर्ने हो भने अब देश ब्ल्याक लिस्टमा जानबाट कसले रोक्नसक्छ रु उहाँको प्रश्न छ ।
नेपालले सम्पती शुद्धीकरण नियन्त्रणसम्बन्धी कानुन निर्माण र कार्यान्वयनका लागि विभिन्न अन्तर्राष्ट्रिय सम्झौतामा हस्ताक्षर गरेको उहाँले उल्लेख गर्नुभयो । तर सम्पती शुद्धीकरण र संगठित मुद्दालाई कमजोर बनाउने निर्णयले नेपाल अझै गहिरो संकटतर्फ धकेलिनसक्ने संकेत देखिएको उहाँको भनाई छ । यसले विदेशी शक्तिहरूको चलखेल बढ्ने र देशलाई खाल्टोतिर लैजाने सम्भावना रहेको उहाँले बताउनु भयो । यस्ता कार्यलाई रोक्न संसद्मा व्यापक बहस आवश्यक रहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले देश ग्रे लिष्टमा छ । संगठित अपराध, सम्पत्ति शुद्धिकरण जस्ता मुद्दालाई कमजोर बनाउन राज्य संयन्त्र नै लागेर अपराधहरुलाई प्रोत्साहन गर्ने हो भने अब व्ल्याक लिष्टमा जान कसैले रोक्नसक्छ रु अब त देश व्ल्याक लिष्टतिर जाने खतरा बढ्यो ।
कानून निर्माण गरेर सम्पत्ति सुद्धिकरण गर भन्ने अन्तराष्ट्रिय समुदायको आग्रहमा हामीले हस्ताक्षर गरेका छौँ । यसले के देखाउँछ भने अझै देशलाई खाल्टोतिर लैजाने, विदेशी शक्तिहरुले चलखेल गर्ने सम्भावना बढ्दै गएको छ । यस्ता क्रियाकलाप रोक्न संसदमा व्यापक बहस गर्न जरुरी छ । यो सरकार निर्वाचन गराउन र सुशासन कायम गर्ने म्याण्डेल लिएर बनेको थियो । सुशासनको नाममा राजनितिक नेताहरुको उछितो काट्ने काम भयो ।’
महान्यायाधिवक्ताको कार्यालयले विभिन्न सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका रास्वपा सभापति लामिछानेमाथि लगाइएका ‘संगठित अपराध’ र ‘सम्पती शुद्धीकरण’ सम्बन्धी मुद्दा परिमार्जन गरी फिर्ता लिने निर्णय गरेको थियो । उक्त निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट पनि परेको छ । – न्युज एजेन्सी नेपाल
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
काठमाडौँ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने भएको छ। प्रतिनिधिसभा...
कांग्रेस केन्द्रीय समिति बैठक बुधवार फेरि बस्ने
काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बुधवार बिहान ११ बजे फेरि बस्ने गरी स्थगित भएको छ। बैठकका एजेण्डामाथि केन्द्रीय...
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
काठमाडौँ। राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अमेरिकाद्वारा सञ्चालित पार्टी भएको आरोप लगाएको छ। मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रममा...
सर्वोच्चको फैसला नआउन्जेल कांग्रेस महाधिवेशन हुँदैन : देउवा पक्ष
काठमाडौँ। निःवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने बताएको...




