विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजितको निधन
काठमाडौं। भारतको महाराष्ट्र राज्यका उपमुख्यमन्त्री अजित पवारको बारामती भएको विमान दुर्घटनामा मृत्यु भएको छ । अस्पतालमा रहेका अजित पवारका नजिकका सहयोगी किरण गुजरले अजित पवारसहित ६ जनाको मृत्यु भएको बताएका छन् ।
अजित जिल्ला परिषद्को चुनावअघि चारवटा सार्वजनिक सभालाई सम्बोधन गर्न आफ्नो गृहनगर आउनेक्रममा विमान आज बिहान दुर्घटना भएको समाचारमा उल्लेख छ । भारतको नागरिक उड्डयन महानिर्देशनालयले दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजितसहित अन्य पाँचजनाको मृत्यु भएको पुष्टि गरेको छ । विमानमा उपमुख्यमन्त्री पवारसँगै उनका दुई कर्मचारी जसमा एक व्यक्तिगत सुरक्षा अधिकारी र अर्का सहयोगी थिए । चालक दलका दुई सदस्य एक कमान्ड पाइलट र अर्का फस्ट अफिसर विमानमा सवार थिए ।
हिन्दुस्तान टाइम्सका अनुसार, मुम्बईबाट बारामतीतर्फ जाँदै गरेको भीटीएसएसरएलजी ४५ कलसाइनको उक्त विमान भारतीय समयअनुसार बिहान ०८ः४८ बजे धावनमार्ग ११ नजिकै दुर्घटनाग्रस्त भएको थियो।
अवतरणका क्रममा भएको ठक्करपछि विमानमा आगलागी भएको थियो । नागरिक उड्डयन महानिर्देशनालयका महानिर्देशक फैज अहमद किदवईले घटनाको सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन समिति गठन गरिएको जानकारी दिएका छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
देशभर प्रतिघण्टा आठदेखि १० प्रतिशतका दरले मतदान भइरहेको आयोगको दावी
काठमाडौँ । निर्वाचन आयोगले देशभर प्रतिघण्टा आठदेखि १० प्रतिशतका दरले मतदानको बढ्दै गएको जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद...
अर्कैको नाममा भोट हाल्न गएका पुरूष पक्राउ
रौतहट। रौतहटमा अर्कैको नाममा भोट हाल्न गएका पुरूषलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार बिहान साढे ११ बजे राजपुर नगरपालिका-९...
कैलालीमा वडाध्यक्षमाथि कुटपिट
कैलालीको गोदावरी नगरपालिका– १० का वडा अध्यक्ष रबिन्द्र शाही (गुड्डु) माथी आक्रमण भएको छ। वडा नम्बर–१० स्थित शंकर प्राबिको...
दोलखामा हवाई फायर
दोलखा। दोलखाको तामाकोसी गाउँपालिका ४ स्थित गोल्मेश्वर माध्यामिक विद्यालयमा मतदान रोकिएको छ। मतदान केन्द्रमा विवाद भएपछि स्थिति तनावपूर्ण बनेको...




