अन्तर्राष्ट्रिय

दक्षिण कोरियाद्वारा ट्रम्पको भन्सार वृद्धि योजनाबारे आधिकारिक जानकारी प्राप्त नभएको पुष्टि

दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले मङ्गलवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दक्षिण कोरियाली वस्तुहरूमा भन्सार १५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पु¥याउने योजना घोषणा गरे पनि वासिङ्टनबाट कुनै आधिकारिक सूचना प्राप्त नभएको बताएको छ। कार्यालयले यस विषयमा छलफल गर्न आजै एक अन्तर–एजेन्सी बैठक आयोजना गरिने थप जानकारी दिएको छ।

हाल क्यानडाको आधिकारिक भ्रमणमा रहेका व्यापार, उद्योग तथा स्रोत मन्त्री किम जुङ–क्वानले पनि यस विषयमा अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकसँग छलफल गर्न चाँडै संयुक्त राज्य अमेरिकाको भ्रमण गर्ने योजना बनाउनुभएको छ।

ट्रम्पले सोमवार दक्षिण कोरियाको व्यवस्थापिकाले संयुक्त राज्य अमेरिकासँगको द्विपक्षीय व्यापार सम्झौता लागू नगरेको आरोप लगाउँदै निश्चित दक्षिण कोरियाली उत्पादनहरूमा भन्सार वृद्धिको घोषणा गर्नुभएको थियो।

दक्षिण कोरियाले अमेरिकामा ३५० अर्ब अमेरिकी डलर लगानी गर्ने बदलामा अमेरिकाले अटोमोबाइल लगायतका दक्षिण कोरियाली उत्पादनहरूमा भन्सार घटाउन सहमत भएको थियो।

दुवै पक्षले पछि नोभेम्बर १४ मा एक संयुक्त ज्ञापनपत्रमा हस्ताक्षर गरेका थिए । जसमा सम्झौता कार्यान्वयनका लागि दक्षिण कोरियाली संसदमा सान्दर्भिक कानून पेश गरिएको महिनाको पहिलो दिनदेखि भन्सार कटौती पूर्वव्यापी रूपमा लागू हुने उल्लेख गरिएको थियो।

दक्षिण कोरियाको सत्तारुढ डेमोक्रेटिक पार्टीले नोभेम्बर २६ मा नेशनल एसेम्बलीमा अमेरिकी लगानी सम्बन्धी एक विशेष विधेयक पेश गरेको थियो र त्यसपछि अमेरिकाले डिसेम्बर ४ मा दक्षिण कोरियाली अटोमोबाइलहरूमा भन्सार पूर्वव्यापी रूपमा १५ प्रतिशतमा घटाएको थियो ।

सम्बन्धित समाचार

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...