विप्लवलाई प्रचण्डको आह्वान : ‘यताउता नभौँतारिनुस्, एकतामा आउनुस्’
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीलाई पनि एकता प्रक्रियामा आउन आग्रह गनुभएको छ। बुधवार पार्टी कार्यलय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले कम्युनिष्ट आन्दोलनलाई सुदृढ गर्न एकता आजको अपरिहार्य आवश्यकता भएको बताउनु भयो । उहाँले विप्लव नेतृत्वको पार्टीलाई आत्मसमिक्षा गर्दै मूलधारमा फर्किन आह्वान गर्नुभयो ।
समाजवादी मोर्चाको समयदेखि नै एकताका लागि गम्भीर संवाद र छलफल हुँदै आएको उल्लेख गर्नुहुँदै उहाँले पछिल्लो पटक एकता लगभग टुंगिएको आफूले बुझेको भएपनि त्यो सफल हुन नसकेको बताउनुभयो। जेन–जी आन्दोलनपछि विप्लव पक्ष वैचारिक अन्योल र विचलनतर्फ गएको संयोजक दाहालको टिप्पणी छ।
जेन–जी आन्दोलनपछि मुख्य नेतृत्व नै ठूलो भुमरीमा परेको जस्तो आफूलाई लागएको उहाँले बताउनु भयो । संयोजक दाहालले आफूहरूले पनि आत्मसमिक्षा गरेर एकताको बाटो रोजेको उल्लेख गर्नुहुँदै विप्लव पक्षलाई अझै अवसर बाँकी रहेको बताउनुभयो। उहाँले वास्तविक घर यही भएकाले यताउता भौतारिएर केही नहुने उल्लेख गर्नुहुँदै आत्मसमिक्षा गरेर एकतामा प्रक्रियामा आए फेरि स्वागत गर्न आफूहरु तयार रहेको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘कमरेड विप्लवको नेतृत्वमा हामी समाजवादी मोर्चामा सँगै हुँदा मोर्चालाई नै एकतामा लैजाउँ भनेर धेरै प्रयास गरिएको हो। कमरेड विप्लव समेत सबै एकतामा आउन पटक पटक गम्भिर संवाद वार्ता, छलफल पनि नभएको होइनन्। पछिल्लो पटक त झण्डै टुंगियो भन्ने बुझेको थिएँ मैले। अब टुंगियो र आउनुहुन्छ, भन्ने बुझेको थिएँ जतिवेला म आफै उहाँको निवासमा गएर लामो र गम्भिर छलफलपछि अब एकतामा जाने भनिएको थियो। खुमलटारमा कमरेड प्रकाण्डलाई बोलाएर छलफल गरेपछि उहाँ निकै भावुक हुनुभयो र उठेर मलाई अंकमाल गर्नुभयो र अब हामी एक भईयो भन्नुभयो । त्यतिवेला हामीले सोचेका थियौँ, उहाँहरु अब एकतामा आउने हुनुभयो । तर दुर्भाग्य जेनजी आन्दोलन वरिपरि आईपुग्दा कता कता बैचारिक अन्यौलको भुमरीमा, निकै ठुलो तुवालोभित्र उहाँहरु हराएजस्तो, लिडरसीप हराएजस्तो महसुस मैले पनि गरे । जेनजी आन्दोलनपछि उहाँहरु धेरै नै भड्किनुभयो । धेरै नै विचलित हुनुभयो । ठुलो भुमरिमा निसास्एिजस्तो देखियो, मुख्य नेतृत्व नै । अहिले पनि उहाँले आत्मसमिक्षा गर्नुपर्छ, जसरी हामीले गरेका छौँ । हामीले यो एकतामा आउन सबै घटकहरुले आ–आफ्नो आत्मसमिक्षा गरेर आफ्ना कमजोरी सच्याउने, यो राष्ट्रको स्वाधिनताको रक्षाको निम्ति, कम्युनिष्ट आन्दोलनको रक्षाको लागी एकचोटी फेरि हामी एकताद्धारा तागत पैदा गर्ने भनेर आएको हो । म उहाँहरुलाई पनि अपिल गर्न चाहन्छु, तपाईहरु पनि आत्मसमिक्षा गर्नुस्, तपाईहरुको रियल घर यही हो, तपाईहरु आउनुपर्ने ठाउँ यही हो । यता र उता गरिराख्नुभएको छ, आजभोली । त्यसले केही हुनेवाला छैन । म गम्भिर ढंगले मेरो पुरानो, संगै बसेको कमरेडहरु हुनुको नाताले पनि म भन्न चाहन्छु, तपाईहरुले आत्मसमिक्षा गर्ने यो बेला हो । अझै पनि तपाईहरुको पुरै अवसर गुमिसकेको छैन । तपाईहरुले आत्मसमिक्षा गनुभयो र एकतामा आउनुभयो भने तपाईहरुलाई स्वागत गर्न फेरि पनि तयार नै छौँ ।’
उहाँले कम्युनिष्ट शक्तिहरु एक नभएर अगाडी नबढेमा देश दुर्घटनामा जानसक्ने पनि बताउनुभयो। निर्वाचन नजिकिँदै गरेकोले एकता प्रक्रियामा आउनु उहाँले सम्पूर्ण विचार मिल्ने शक्तिहरुलाई आग्रह गर्नुभयो। – न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
लिङ्देनले कारबाही गरेका दुई नेताको आरोप : कुन विधान टेकेर कारबाही गरेको?
-
२.
इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु, नेपाली ब्यारेकमा पनि आक्रमण
-
३.
बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु
-
४.
गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव
-
५.
रास्वपाको सचिवालय बैठक बस्दै
ट्रेन्डिङ
सम्बन्धित समाचार
लिङ्देनले कारबाही गरेका दुई नेताको आरोप : कुन विधान टेकेर कारबाही गरेको?
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट पदमुक्त गरिएका दुई नेताले आफूहरूमाथिको कारबाही विधानसम्मत नभएको बताउनुभएको छ। स्पष्टीकरणको मौका समेत...
इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु, नेपाली ब्यारेकमा पनि आक्रमण
काठमाडौं। दक्षिण लेबनानमा शुक्रबार राति इजरायली हवाई आक्रमण जारी रहँदा १३ जनाको मृत्यु भएको छ। लेबनानी आधिकारिक स्रोतकाअनुसार संयुक्त...
इराकमा खसेको अमेरिकी सैन्य विमानमा सवार सबैको मृत्यु भएको पुष्टि
पश्चिमी इराकमा बिहीबार दुर्घटना भएको अमेरिकी सेनाको केसी १३५ रिफ्युलिङ विमानमा सवार सबै ६ जनाको मृत्यु भएको पुष्टि भएको...
काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले जारी गरेको सूचनाअनुसार गोठाटार र...




