बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
नवलपरासी। बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने खण्ड चिप्लो हुँदा सडक अवरुद्ध भएको हो ।
दाउन्नेको घिउखोला र विश्वकर्मा मन्दिर नजिकै वर्षाका कारण सडक हिलो र चिप्लो भई गाडी सडकमा फसेकाले सडक एकतर्फी भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो।
आज बिहान परेको वर्षाले सडक हिलो र चिप्लो हुँदा उकालोमा गाडी पास हुन नसक्दा सवारीको जाम लागेको छ । “हल्का वर्षामा पनि गाडी चिप्लिएर गुड्न सकेका छैनन्, हिलो बाटोमा ट्रक फसेर समस्या भएको छ,” उहाँले भन्नुभयो “पूर्वबाट पश्चिम जाने सवारी उकालोमा चिप्लिएकाले अहिले सडक अवरुद्ध भएको छ ।”
दाउन्ने खण्डमा सडक अवरोध भएका कारण सवारी आवागमनमा समस्या भएको र मर्मत गरी सडक खुलाउने प्रयास भइरहेको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ । बुटवल–नारायणगढ सडक विस्तार अन्तर्गत दाउन्ने खण्डमा निर्माणको काम नसकिँदा सामान्य वर्षामा पनि सडक अवरुद्ध हुने गरेको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
‘चीनको १५ औँ पञ्चवर्षीय योजना-नेपालका लागि अवसर’
काठमाडौँ। चीनले आफ्नो विकासको नयाँ अध्यायका रूपमा २०२६ देखि २०३० सम्मको १५ औँ पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ ।...
रास्वपाको वाचापत्र समेटेर बजेट निर्माणको तयारी तिब्र, चैत मसान्तभित्र प्रश्ताव पेश गर्न निर्देशन
काठमाडौँ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुन करिव दुई महिना बाँकी छँदा अर्थ मन्त्रालयले बजेट निर्माणको तयारीलाई...
आयात बढ्दा पनि ग्यास अभाव कायमै
काठमाडौँ। खाना पकाउने ग्यासको आयात बढे पनि बजारमा उपभोक्ताले भने अझै सहज रूपमा पाउन सकेका छैनन् । भन्सार विभागको...
एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात
पर्सा। चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको...




