अब विकासका लागि लड्नुपर्छ : उपेन्द्र यादव
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले यसअघि मधेसको अधिकारका लागि लडेको बताउँदै अब विकासका लागि लड्नुपर्ने बताउनुभएको छ।
बुधबार सप्तरीको विष्णुपुर गाउँपालिका-४ स्थित शान्ति चोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यादवले विकासमा जोड दिनुपर्ने बताउनुभएको हो। ‘हामीले अधिकार, पहिचान, स्वाभिमान र समानताका लागि लडाई लड्यौँ, अब मधेसले विकासका लागि लडाई लड्नु आवश्यक छ,’ यादवले भन्नुभयो।
संघीय सरकारले मधेसबाट अत्यधिक राजश्व लगे पनि विकास बजेट अत्यन्त कम दिने गरेको आरोप लगाउनुभयो। आफूले यसअघि सप्तरी-२ मा विकास निर्माणका काम गरेको उल्लेख गर्नुभयो।
‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, कृषि विश्वविद्यालय स्थापना तथा सञ्चालन, गजेन्द्रनारायण सिंह अस्पतालमा कायापलट हुने गरी भौतिक पूर्वाधार निर्माण, महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा इन्जिनियरिङ भवन निर्माण, अस्पताल परिसरमा नर्सिङ भवन, विद्यालयमा शैक्षिक भवन, रुपनी-राजविराज सडक, राजविराज-छिन्नमस्ता-न्यौर सडक, राजविराज-हनुमाननगर-भारदह सडक निर्माण, पालिकाहरूलाई एम्बुलेन्स लगायतका कामहरू अगाडि बढाएँ,’ यादवले भन्नुभयो, `दुर्भाग्य नै भन्नुपर्छ मेरो अनुपस्थितिमा ती कार्यहरू अगाडि बढाउनुको साटो भाँजो हाल्ने काम भयो।’
अब सप्तरी-३ मा पनि विकास निर्माणको काम गर्ने उहाँले प्रतिबद्धता जनाउनुभएको छ।
ताजा अपडेट
-
१.
इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति
-
२.
सुरक्षा थ्रेट बढेपछि गौरबहादुर कार्कीलाई सैनिक ब्यारेकमै राखिने
-
३.
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
-
४.
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
-
५.
भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
सुरक्षा थ्रेट बढेपछि गौरबहादुर कार्कीलाई सैनिक ब्यारेकमै राखिने
काठमाडौं। भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि गठित आयोगका प्रमुख गौरीबहादुर कार्कीलाई सेनाको ब्यारेकमा राखिने भएको...
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले कानुनी प्रक्रियाको पालना गर्दै गतिविधि अघि बढाउन सरकारलाई खबरदारी गरेको छ । काठमाडौं। नेकपा...
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
काठमाडौं। शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसको समूहले पार्टीका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री रमेश लेखक र नेपाल कम्युनिष्ट पार्टी...
भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
काठमाडौं। नेपाली कांग्रेसले भदौ २३ गतेको घटनासँगै भदौ २४ गते भएको आगजनी र विध्वंसमा संलग्नहरूलाई पनि कानुनबमोजिम कारबाही गर्न...




