टी २० शृङ्खला : भारतमाथि न्युजिल्यान्डको सानदार जित
काठमाडौं। टी २० शृङ्खलाको चौथो खेलमा न्युजिल्यान्डले भारतमाथि जित निकालेको छ। बुधबार भएको चौथो प्रतिस्पर्धामा न्युजिल्यान्डले भारतमाथि ५० रनको जित निकालेको हो ।
५ खेलमा तीन खेल जितेर सिरिज आफ्नो पक्षमा पारिसकेको भारतलाई चौथो खेलमा न्युजिल्यान्डले हराएको हो । यो जितसँगै सिरिजमा न्युजिल्यान्डले ३–१ गरेको छ । विशाखापटनम एसिए–भिडिसिए क्रिकेट स्टेडियममा भएको खेलमा न्युजिल्यान्डले पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा २ सय १५ रन बनाएको थियो। उसका लागि टिम सिफर्टले अर्धशतक बनाए । ३६ बलमा ७ चौका र ३ छक्कासहित ६२ रन बनाएका हुन् । डेभोन कन्वेले ४४ रन बनाउँदा ड्यारिल मिचेलले ३९ रन थपे ।
भारतका लागि अर्शदीप सिंह र कुलदीप यादवले समान दुईदुई विकेट लिएका थिए। २१६ रनको लक्ष्य पछ्याएको भारतको ब्याटिङ लाइनलाई न्युजिल्यान्डले सुरुमै ध्वस्त पारेको थियो । पहिलो बलमै अभिषेक शर्मा गुमाएपछि भारत दबाबमा परेको थियो ।
उसका लागि शिवम दुबेले २३ बलमा ६५ रन बनाए पनि त्यो पर्याप्त भएन । रिन्कु सिंहले ३० बलमा ३ चौका र २ छक्कासहित ३९ रन जोडे। सन्जु सामासनले २५ र रवि विष्नोईले १० रन बनाउनु बाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
भारत १८ ओभर चार बलमा १ सय ६५ रनमै अलआउट भएको हो । न्युजिल्यान्डका लागि मिचेल स्यान्टनरले तीन, इश सोधी र जेकब डफीले समान दुईदुई विकेट लिए । भारत र न्युजिल्यान्डले सिरिजको अन्तिम खेल शनिबार खेल्दैछन्।
ताजा अपडेट
-
१.
इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति
-
२.
सुरक्षा थ्रेट बढेपछि गौरबहादुर कार्कीलाई सैनिक ब्यारेकमै राखिने
-
३.
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
-
४.
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
-
५.
भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
प्रधानमन्त्री कप : मधेश र सुदूरको दोस्रो जित
काठमाडौँ। ब्याटरले संघर्ष गर्नुपरेको खेलमा मधेश र सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगितामा दोस्रो जित आत्मसात गरेका छन्। मधेशको...
निलम्बनमा एन्फा
काठमाडौं। राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ। राखेपको निर्देशनविपरित निर्वाचन गर्न...
राखेपले एन्फालाई भन्यो : कुनै अप्रिय निर्णय नलिनू
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय खेलकुद परिषद्लाई कुनै अप्रिय निर्णय नगरिदिन अनुरोध गरेको छ। बुधबार राखेपले पठाएको...
साम्बाले न्युजिल्यान्डमै गराइन् घुँडाको शल्यक्रिया
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया भएको छ । बुधबार (चैत ११) बिहान...




