रुसको बैकल तालमा कार पल्टिँदा एक चिनियाँ पर्यटकको मृत्यु
रुसको बैकल तालको जमेको सतहमा बुधवार पर्यटक बोकेको एउटा कार पल्टिँदा एक चिनियाँ पर्यटकको मृत्यु भएको छ । तास न्युज एजेन्सीकाअनुसार यो दुर्घटना रुसको इर्कुत्स्क ओब्लास्टस्थित बैकल तालको ओल्खोन टापु नजिकैको बरफमा भएको हो ।
इर्कुत्स्कस्थित चिनियाँ महावाणिज्य दुतावासले मृत्युको पुष्टि गर्दै अन्य चार चिनियाँ पर्यटक सामान्य घाइते भएको जनाएको छ । घटनाको जानकारी पाउने बित्तिकै महावाणिज्य दुतावासले तुरुन्तै आपतकालीन प्रतिक्रिया योजना सक्रिय गरी टुर गाइड, चिनियाँ पर्यटक र स्थानीय उद्धारकर्मीहरूसँग सम्पर्क गरेको थियो । यसका साथै दूतावासले स्वयंसेवकहरूलाई घटनास्थलमा खटाउन समन्वय गर्नुका साथै उद्धारकर्मीहरूलाई घाइतेहरूलाई उपचारका लागि खुझिर शहरको मेडिकल स्टेशनमा लैजान अनुरोध गरेको थियो ।
हाल घाइतेहरूलाई ओल्खोन जिल्लाको अस्पतालमा सारिएको छ र महावाणिज्य दूतावासले आगामी व्यवस्थापनका लागि हरसम्भव प्रयास गरिरहेको छ । रुसी अनुसन्धान समितिले यस घटनाको बारेमा अनुसन्धान शुरु गरेको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




