Breaking News

दक्षिण कोरियाका पूर्वराष्ट्रपतिकी पत्नीलाई २० महिनाको जेल सजाय

दक्षिण कोरियाका महाभियोग लागेका पूर्वराष्ट्रपति युन सुक–योलकी पत्नी किम कन–हीलाई घुस लिएको अभियोगमा २० महिनाको जेल सजाय सुनाइएको छ । बुधवार प्रत्यक्ष प्रशारण गरिएको अदालती कारबाहीका क्रममा उनलाई सो सजाय सुनाइएको हो ।

सोल केन्द्रिय जिल्ला अदालतले किमले प्रथम महिलाको रूपमा आफ्नो पदको दुरुपयोग गरी व्यक्तिगत लाभ लिएको ठहर गर्दै १२।८१ मिलियन वन ९करिव ९,०१० अमेरिकी डलर० जफत गर्ने आदेशसहित कारागार चलान गर्ने फैसला गरेको छ । यद्यपि अदालतले उनलाई पुँजी बजार ऐन र राजनीतिक कोष ऐन उल्लंघन गरेको आरोपमा भने निर्दोष ठहर गरेको छ । सन् २०२२ मा युनिफिकेसन चर्चका अधिकारीहरूलाई विशेष सुविधा मिलाइदिने प्रलोभन देखाई उनीहरूबाट बहुमूल्य वस्तुहरू लिएको आरोप किममाथि पुष्टि भएको हो । शेयर बजारमा चलखेल ९स्टक रिगिङ० मा किमको संलग्नता रहेको विशेष काउन्सिलको दाबीलाई भने अदालतले अस्वीकार गरेको छ ।

किमलाई सेयर मूल्यमा भएको हेरफेरबारे जानकारी भएपनि उनको प्रत्यक्ष संलग्नता पुष्टि गर्न कठिन रहेको अदालतको टिप्पणी छ । सन् २०१० अक्टोबरदेखि २०१२ डिसेम्बरसम्म भएको सेयर मूल्य हेरफेरमा संलग्न रहेको आरोपमा किमलाई गत वर्षको अगस्टमा हिरासतमा रहेकै बेला अभियोग लगाइएको थियो । उनीमाथि राष्ट्रपति निर्वाचनअघि सन् २०२१ अप्रिलदेखि २०२२ मार्चसम्म एक राजनीतिक दलालमार्फत ५८ पटक गरी करिब २७० मिलियन वन बराबरको अवैध जनमत सर्वेक्षणको नतिजा निःशुल्क प्राप्त गर्न आफ्ना पति युनसँग मिलेमतो गरेको आरोप पनि थियो । यद्यपि, अदालतले राष्ट्रपति दम्पतीले नै जनमत सर्वेक्षणको आदेश दिएको प्रमाणित गर्ने पर्याप्त प्रमाण नभएको फैसला सुनाएको छ ।

यस फैसलाका अतिरिक्त, किममाथि पार्टीको राष्ट्रिय महाधिवेशनमा एक विशिष्ट उम्मेदवारलाई जिताउन युनिफिकेसन चर्चका सदस्यहरूलाई ’पिपल पावर पार्टी’ मा सामूहिक रूपमा आवद्ध गराउन दबाब दिएको अर्को अभियोग पनि छ। साथै, उनले व्यावसायिक लाभ दिलाउने र सार्वजनिक पदहरू बिक्री गर्ने बदलामा घुस लिएको आरोपको पनि सामना गरिरहेकी छिन् । गत अगस्टदेखि हिरासतमा रहेकी किम, दक्षिण कोरियाको इतिहासमा हिरासतमा रहेर मुद्दा चलाइने पहिलो पूर्व राष्ट्रपति पत्नी बनेकी छिन् ।

सम्बन्धित समाचार

सकियो राष्ट्रिय सुरक्षा बैठक, के के भयो निर्णय?

सकियो राष्ट्रिय सुरक्षा बैठक, के के भयो निर्णय?

काठमाडौँ। राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढङ्गबाट सम्पन्न गर्न कुनै किसिमको अभाव हुन नदिने...

झापा २ मा नमुना मतपत्रसहित युवक पक्राउ

झापा २ मा नमुना मतपत्रसहित युवक पक्राउ

काठमाडौं। झापा क्षेत्र नं २ मा नमूना मतपत्रसहित एक व्यक्ति पक्राउ परेका छन्। बिर्तामोड नगरपालिका–५ बस्ने वर्ष ५१ को...

राष्ट्रपतिलाई प्रधानमन्त्रीको निर्वाचनसम्बन्धी ब्रिफिङ

राष्ट्रपतिलाई प्रधानमन्त्रीको निर्वाचनसम्बन्धी ब्रिफिङ

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ। बुधबार अपराह्न प्रधानमन्त्री कार्की राष्ट्रपति कार्यालय शीतलनिवास पुगेकी...

निर्वाचन भाँड्न खोज्ने १६० पक्राउ

निर्वाचन भाँड्न खोज्ने १६० पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले निर्वाचनलाई प्रभाव पार्ने कार्यमा संलग्न १६० जनालाई पक्राउ गरेको छ। प्रहरीले सूचना जारी गरी निर्वाचनलाई प्रभाव...