मेरो प्राथमिकता मानसिक स्वास्थ्य र वैदेशिक रोजगारीमा गएका नागरिकको स्वास्थ्य होः मन्त्री गौतम
काठमाडौँ। अन्तरिम सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले आफू मन्त्री हुँदासम्म मानसिक स्वास्थ्यलाई विशेष प्राथमिकता दिने बताउनुभएको छ। बिहीवार काठमाडौंमा आयोजित ६४ औं वार्षिकोत्सव तथा साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
उहाँले मानसिक स्वास्थ्यलाई प्रमुख विषय बनाएर आफू अघि बढिरहेको बताउनु भयो । वैदेशिक रोजगारमा गएका नेपालीको स्वास्थ्य, मातृशिशु मृत्युदरका कार्यक्रमहरुलाई विशेष प्राथमिकता दिने उल्लेख गर्नुभयो।
उहाँले प्रणालीको सुधार पनि आफ्नो मुख्य प्राथमिकता रहने जिकिर गर्नुभयो । मन्त्री गौतमले बीमा कार्यक्रम, औषधि नियमन, खरिद विक्रीमा र आपूर्तिको विषय सुदृढ बनाउने आफ्ने लक्ष्य रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मानसिक स्वास्थ्यलाई प्रमुख विषय बनाएको थिएँ । हाम्रो देशबाट वैदेशिक रोजगारामा हजारौँ जानुहुन्छ । उहाँहरुको स्वास्थ्यको बारेमा पनि फोकस गर्नैपर्छ भन्ने थियो । महिलाहरुको बारेमा महिलाले नबोले कसले बोल्छ? चार वटा प्रदेशमा मातृशिशु मृत्युदर अति उच्च छ, ति चार प्रदेशमा एग्रेसिप रुपमा मातृशिशु मृत्युदरको कार्यक्रम लैजानुपर्छ भन्ने मेरो प्राथमिकता थियो । सिस्टमको सुधार पनि प्राथमिकताको विषय थियो । राम्रो गर्ने सन्दर्भमा जहाँ कमजोरी देखिएको थियो, बीमा कार्यक्रममा, औषधि नियमन, खरिद विक्रीमा र आपूर्तिको विषय सुदृढ गर्छु भन्ने थियो ।’
मन्त्री गौतमले जीवनको हरेक चरणमा आफूले आफूलाई प्रमाणित गर्दै लैजानुपर्ने बताउनु भयो । नर्सिङ एशोसिएशन नर्सहरुको हक हीतको लागि भएको बताउनु भयो ।—न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक
-
२.
१ अर्ब ३४ करोड लागतमा बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु, तीन वर्षभित्र सक्ने तयारी
-
३.
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित
-
४.
नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
-
५.
पर्वतमा जिप दुर्घटना, चालकको मृत्यु
ट्रेन्डिङ
सिफारिस
सबैसम्बन्धित समाचार
चिकित्सा शिक्षा सुधारका लागि विजय पन्तले बुझाउनुभयो ध्यानाकर्षण पत्र
काठमाडौं। चिकित्सक एवं स्वास्थ्य अभियन्ता डा विजय पन्तले चिकित्सा शिक्षा आयोगलाई चिकित्सा शिक्षा सुधारका सम्बन्धमा सुझाव तथा ध्यानाकर्षण पत्र...
संयुक्त राष्ट्रसंघद्वारा यमनमा यस वर्षको मानवीय आवश्यकताका लागि २.१६ अर्ब अमेरिकी डलरको अपिल
संयुक्त राष्ट्रसंघ र यसका साझेदारहरूले बुधवार यमनका लागि यस वर्षको मानवीय आवश्यकता र प्रतिक्रिया योजना सार्वजनिक गर्दै २।१६ अर्ब...
औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता वृद्धि गरिने
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता अभिवृद्धि र सुदृढीकरण गर्ने भएको छ।...
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौँ। पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा वायु प्रदुषण अत्यधिक बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिकलाई विशेष...




