अर्थ

घट्यो नेप्से

काठमाडौं। साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक घटेर बन्द भएको छ। नेप्से १७.३५ अंकले घटेर २७१४.०५ विन्दुमा बन्द भएको छ।

नेप्से घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। बुधबार ११ अर्ब ४९ करोड रकमको कारोबार भएकोमा बिहीबार १४ अर्ब ५६ करोड पुगेको छ।

यसदिन ३२० वटा धितोपत्रको तीन करोड ५४ लाख ७७ हजार ९३९ कित्ता सेयर किनबेच भएको हो। बिहीबार ८५ कम्पनीको सेयरमूल्य बढेको छ भने १७० वटाको घटेको छ। यस्तै, पाँच कम्पनी स्थिर छन्।

आज तीन सय रूपैयाँभन्दा कम मूल्य भएका कम्पनीहरूको सेयरमूल्य सर्वाधिक बढेको छ।

यसदिन हिमाल दोलखा हाइड्रोपावर र शिभश्री हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.२३ र ९.१९ प्रतिशतले बढेको छ।

उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमशः २१३ रूपैयाँ र १९६ रूपैयाँ पुगेको छ।

यसैगरी, यसदिन तीन कम्पनीमा नकारात्मक सर्किट लागेको छ।

कर्पोरेट डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य १० प्रतिशतका दरले घटेको छ।

बिहीबार ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको प्रतिकित्ता ४३० रूपैयाँमा ५९ करोड ९९ लाख बराबरको सेयर कारोबार भएको हो।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतिकित्ता २.३८ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा एसवाई प्यानल रहेको छ छ। उक्त कम्पनीको एक हजार ९४० रूपैयाँमा ५२ करोड २९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये तीन समूहको परिसूचक बढेको छ भने बाँकी १० समूहको परिसूचक घटेको छ।

यसमध्ये विकास बैंक समूहको परिसूचक सर्वाधिक २.२३ प्रतिशतले घटेको छ।

सम्बन्धित समाचार

नेप्सेमा गिरावट

नेप्सेमा गिरावट

काठमाडौं। सेयरबजारमा २०.७५ अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से घटेर २६४२.१५ विन्दुमा ओर्लिएको हो। यस दिन...

सार्वजनिक ऋणको दायित्व व्यवस्थापनः ६ महिनामै १ खर्ब ८७ अर्ब सकियो

सार्वजनिक ऋणको दायित्व व्यवस्थापनः ६ महिनामै १ खर्ब ८७ अर्ब सकियो

काठमाडौँ। मुलुकको सार्वजनिक ऋण प्रत्येक वर्ष चुलिदैँ जाँदा त्यसबाट सिर्जित दायित्व व्यवस्थापनमा अर्बौं खर्च भइरहेको छ । अर्थ मन्त्रालयका...

घट्यो सुनको भाउ

घट्यो सुनको भाउ

काठमाडौँ। सुनको मूल्य घटेको छ। सोमबार प्रतितोला तीन हजार रूपैयाँ घटेको सुनको भाउ आज तोलामा ९ सय रूपैयाँ घटेको...

दुई फर्मलाई नगद जरिवाना

दुई फर्मलाई नगद जरिवाना

काठमाडौँ। नियमित रूपमा बजारको अनुमगन गर्दै कानुन कार्यान्वयन गराउँदै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले दुई वटा फर्मलाई नगद...