Breaking News

एमालेले ५ वर्षमा ठोसरूपमा उपलब्धि हासिल गर्न सक्ने घोषणा पत्र ल्याउँदै

काठमाडौं। नेकपा एमालेले ५ वर्षमा पूरा गर्न सक्ने मात्र घोषणापत्र ल्याउने तयारी थालेको छ। ठूला योजना र आकांक्षा नसमेट्ने र पूरा गर्ने मात्र योजना ल्याउने एमालेले जनाएको हो।

`पार्टीले देशलाई पहिलो प्राथमिकतामा राखेर मुलुकको समृद्धि, सुशासन, दीगो विकासमार्फत् नेपाली जनताको समृद्धि र सुखको चाहनालाई पूरा गर्ने गरी घोषणापत्रको तयारी गरिरहेको बताउनुभयो’, एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइ उदृत गर्दै एमालेले विज्ञप्तिमा भनेको छ।

विज्ञप्तिमा ओलीले आजका दिनसम्म पनि निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित ढङ्गले सम्पन्न गर्ने वातावरण बनाउन नसकेको बताउनुभएको छ।

प्रतिनिधिसभा सदस्यको निर्वाचनका सन्दर्भमा घोषणापत्र तयार गर्न विभिन्न विषयगत क्षेत्रका विज्ञसँग सुझावका लागि छलफल गर्ने क्रममा ओलीले त्यस्तो बताउनुभएको हो।

प्रचार संयोजक मीनबहादुर शाहीद्वारा जारी विज्ञप्तिअनुसार ओलीले भदौको विध्वंसले राष्ट्रियता, लोकतन्त्र र संविधानमा पुऱ्याएको क्षतिको पुनर्निर्माण, राष्ट्रिय सुरक्षा र सुदृढ राष्ट्रिय एकता कायम गर्न उच्चमनोबलका साथ नेतृत्व प्रदान गर्ने भन्नुुभएको छ।

उहाँले पार्टीले हाल भइरहेका राज्यका संयन्त्रहरूका गतिविधि र काम कारबाहीका विषयमा नजिकबाट नियालिरहेको भन्दै सरकारले आजका दिनसम्म पनि निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित ढङ्गले सम्पन्न गर्ने वातावरण बनाउन नसकेको आरोप लगाउनुभयो ।

‘राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय सुरक्षा र स्वाभिमानको रक्षा समर्पणबाट हुन नसक्ने उल्लेख गर्दै अध्यक्ष ओलीले यसको रक्षाका लागि प्रतिरोध, प्रतिवाद र प्रतिरक्षा गरिने बताउनुभयो’, शाहीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनले कुनै पनि आत्मसमर्पण स्वीकार्य नहुने कुरामा जोड दिनभयो।

‘पार्टीले देशलाई पहिलो प्राथमिकतामा राखेर मुलुकको समृद्धि, सुशासन, दीगो विकासमार्फत् नेपाली जनताको समृद्धि र सुखको चाहनालाई पूरा गर्ने गरी घोषणापत्रको तयारी गरिरहेको बताउनुभयो’, विज्ञप्तिमा उल्लेख छ ।

प्रेस नोट १५ माघ २०८२
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनका सन्दर्भमा घोषणापत्र तयार गर्न विभिन्न विषयगत क्षेत्रका विज्ञहरूसँग सुझावका लागि छलफल गरेको छ । यसक्रममा आज पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले विज्ञहरूबीच घोषणापत्रका प्राथमिकताका विभिन्न विषयहरूका सम्बन्धमा प्रकाश पार्नुभयो ।
अध्यक्ष ओलीले नेकपा (एमाले) सुदृढ संगठन, व्यापक जनमत र सर्वाधिक लोकप्रिय पार्टीका रूपमा स्थापित रहेको बताउँदै भूकम्पले पुऱ्याएको भौतिक क्षतिको पुनर्निर्माण उदाहरणीय रूपमा सफल पारेको एमालेले गत भदौको विध्वंशले राष्ट्रियता, लोकतन्त्र र संविधानमा पुऱ्याएको क्षतिको पुनर्निर्माण, राष्ट्रिय सुरक्षा र सुदृढ राष्ट्रिय एकता कायम गर्न उच्चमनोबलका साथ नेतृत्व प्रदान गर्ने बताउनुभयो ।
पार्टीले हाल भइरहेका राज्यका संयन्त्रहरूका गतिविधि र काम कारवाहीका विषयमा नजिकबाट नियालिरहेको जानकारी गराउँदै सरकारले आजका दिनसम्म पनि निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित ढङ्गले सम्पन्न गर्ने वातावरण बनाउन नसकेको अध्यक्ष ओलीले बताउनुभयो ।
राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय सुरक्षा र स्वाभिमानको रक्षा समर्पणबाट हुन नसक्ने उल्लेख गर्दै अध्यक्ष ओलीले यसको रक्षाका लागि प्रतिरोध, प्रतिवाद र प्रतिरक्षा गरिने बताउनुभयो । साथै, अध्यक्ष ओलीले कुनै पनि आत्मसमर्पण स्वीकार्य नहुने कुरामा जोड दिनुभयो ।
पार्टीले देशलाई पहिलो प्राथमिकतामा राखेर मुलुकको समृद्धि, सुशासन, दिगो विकासमार्फत् नेपाली जनताको समृद्धि र सुखको चाहनालाई पूरा गर्ने गरी घोषणापत्रको तयारी गरिरहेको बताउनुभयो ।
नेकपा (एमाले) ले व्यावहारिक र पाँचवर्षमा ठोसरूपमा उपलब्धी हासिल गर्नसक्ने गरी कार्यक्रमहरू समेटेर घोषणापत्र ल्याउने तयारी गरिरहेको छ ।

मीनबहादुर शाही
प्रचार संयोजक, आम निर्वाचन २०८२

 

सम्बन्धित समाचार

जेनजी प्रतिवेदनप्रति कांग्रेसको टिप्पणी : अपूरो र अधुरो

जेनजी प्रतिवेदनप्रति कांग्रेसको टिप्पणी : अपूरो र अधुरो

काठमाडौं। नेपाली कांग्रेसले जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन प्रथम दृष्टिमै अपूर्ण र अधुरो रहेको जनाएको छ।...

अब संसदीय दलको नेता बने बालेन, भोलि प्रधानमन्त्री

अब संसदीय दलको नेता बने बालेन, भोलि प्रधानमन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभा संसदीय दलको नेता बनाउने निर्णय गरेको छ...

कार्की आयोग प्रतिवेदन- ६३ जनाको शव मध्ये ४८ जनाको गोली लागि मृत्यु पुष्टि

कार्की आयोग प्रतिवेदन- ६३ जनाको शव मध्ये ४८ जनाको गोली लागि मृत्यु पुष्टि

काठमाडौं। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएको क्षति र सुरक्षा कमजोरीबारे जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की...

ओलीको टिप्पणी : निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय

ओलीको टिप्पणी : निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय

ओलीको टिप्पणी : निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गते...