नाइट बस अनियन्त्रित भएर पल्टिँदा ३८ यात्रु घाइते
काठमाडौँ। चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस अनियन्त्रित भएर पल्टिँदा ३८ जना यात्रु घाइते भएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, भरतपुर, चितवनका अनुसार दाङबाट काठमाडौँतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२-००१ ख ०४६६० नम्बरको नाइट बस आज बिहान करिब ३ बजेर १० मिनेटमा भरतपुर महानगरपालिका-२९ स्थित घुमाउने भन्ने स्थानमा सडकमै पल्टिएको हो।
शुक्रबार बिहान बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनापछि प्रहरीले तत्काल उद्धार गरी घाइतेहरूलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाएको छ। अधिकांश घाइतेको अवस्था सामान्य रहेको जनाइएको छ।
उपचाररत घाइतेहरू
१. दाङ लमही नगरपालिका-१ बस्ने वर्ष ३३ का गणेश चौधरी (हातखुट्टामा चोट, अवस्था मध्यम)
२. ऐ.ऐ. बस्ने वर्ष २१ की रुपा चौधरी (निधारमा चोट, अवस्था मध्यम)
३. राप्ती गाउँपालिका-५ बस्ने वर्ष २४ की माधुरी चौधरी (हातखुट्टा र ढाडमा चोट, अवस्था मध्यम)
४. सहचालक राप्ती गाउँपालिका मसुरिया बस्ने वर्ष २१ का दिनेश चौधरी (बायाँ कानमा भित्री चोट, अवस्था मध्यम)
पुरानो मेडिकल कलेज, भरतपुरमा उपचाररत घाइतेहरू
१. दाङ गढवा गाउँपालिका-३ बस्ने वर्ष ३१ की सिमा चौधरी (बायाँ हात र टाउकोमा चोट, अवस्था सामान्य)
२. गढवा गाउँपालिका-५ बस्ने वर्ष १८ का अभिषेक चौधरी (बायाँ हात र ढाडमा चोट, अवस्था सामान्य)
३. ऐ.ऐ. बस्ने वर्ष २१ का सम्राट चौधरी (टाउकोमा चोट, अवस्था सामान्य)
४. घोराही-१८ बस्ने वर्ष ३६ का शालिग्राम खत्री क्षेत्री (टाउको र बायाँ हातमा चोट, अवस्था सामान्य)
५. दाङ शान्तिनगर गाउँपालिका-२ बस्ने वर्ष ६९ का शालिग्राम शर्मा (टाउको र बायाँ खुट्टामा चोट, अवस्था सामान्य)
६. वर्ष ३७ की माया चौधरी (बायाँ हात र अनुहारमा चोट, अवस्था सामान्य)
७. लमही नगरपालिका-२ बस्ने वर्ष ३२ का निर्मल चौधरी (टाउको र ढाडमा चोट, अवस्था सामान्य)
८. लमही नगरपालिका-२ बस्ने वर्ष ३१ की गीता चौधरी (टाउकोमा चोट, अवस्था सामान्य)
९. ऐ.ऐ. बस्ने वर्ष १९ का आवास चौधरी (बायाँ हात र खुट्टामा चोट, अवस्था सामान्य)
१०. ऐ.ऐ. बस्ने वर्ष ३२ का राजु चौधरी (अनुहार र बायाँ खुट्टामा चोट, अवस्था सामान्य)
११. दाङ गढवा गाउँपालिका-२ बस्ने वर्ष ३२ का लिखुराम चौधरी (टाउको र ढाडमा चोट, अवस्था सामान्य)
१२. दाङ घोराही-१८ बस्ने वर्ष ३१ का बाबुराम थापा (अवस्था सामान्य)
१३. ऐ.ऐ. बस्ने वर्ष ४० का शुभराम वाग्ले (टाउकोमा चोट, अवस्था सामान्य)
मौलाकालिका अस्पताल, भरतपुरमा उपचाररत घाइतेहरू
१. सल्यान छत्रेश्वरी-५ बस्ने वर्ष १८ की लिला कवर मगर (टाउकोमा चोट, अवस्था सामान्य)
२. ऐ.ऐ. बस्ने वर्ष २१ का रमेश कवर मगर (टाउकोमा चोट, अवस्था मध्यम)
३. दाङ गढवा-२ बस्ने वर्ष २७ की मिना चौधरी (बायाँ खुट्टा भाँचिएको, अवस्था मध्यम)
४. गढवा-२ बस्ने वर्ष ३० का विष्णु चौधरी (टाउकोमा चोट, अवस्था मध्यम)
५. ऐ.ऐ. बस्ने वर्ष २२ की सन्ध्या बफ्रेल (टाउकोमा चोट, अवस्था सामान्य)
६. लमही नगरपालिका-२ बस्ने वर्ष २१ का प्रकाश चौधरी (निधारमा चोट, अवस्था सामान्य)
७. दाङ घोराही-१६ बस्ने वर्ष ६० का फणेन्द्र पछाई (हातखुट्टामा चोट, अवस्था सामान्य)
८. दाङ नारायणपुर बस्ने वर्ष ६० की उमा गौतम (टाउकोमा चोट, अवस्था मध्यम)
९. घोराही बस्ने वर्ष ४१ की शान्ती हमाल (सामान्य चोटपटक)
१०. वर्ष १० की प्रमिसा हमाल (सामान्य चोटपटक)
११. रोल्पा होलेरी बस्ने वर्ष ५० का विष्णु बस्नेत (टाउकोमा चोट, अवस्था मध्यम)
१२. नुवाकोट पञ्चकन्या-६ बस्ने वर्ष ४० की सुनिता तामाङ (टाउकोमा चोट, अवस्था सामान्य)
१३. ऐ.ऐ. बस्ने वर्ष ४२ का सुकमान तामाङ (टाउको र कम्मरमा चोट, अवस्था मध्यम)
१४. ऐ.ऐ. बस्ने वर्ष ४५ का बुद्दीबहादुर तामाङ (ढाडमा चोट, अवस्था मध्यम)
१५. ऐ.ऐ. बस्ने वर्ष २० का सन्देश तामाङ (दायाँ हातमा चोट, अवस्था मध्यम)
जनता केयर अस्पताल, मुग्लिनमा उपचाररत घाइतेहरू
१. रोल्पा रुन्टीगढी गाउँपालिका-९ का वडाध्यक्ष वर्ष ३५ का चेतलाल खत्री (हातमा चोट)
२. दाङ घोराही-१७ बस्ने वर्ष २४ का दिनेश चौधरी (हातमा चोट)
३. दाङ घोराही-१० बस्ने वर्ष २९ का चक्र सिंह (हात र टाउकोमा चोट)
४. दाङ गढवा-२ बस्ने वर्ष २६ का श्रीराम चौधरी (टाउको र हातमा चोट)
५. बस चालक दाङका वर्ष ३४ का सुभाष ओली
६. दुर्घटनाको समयमा बस चलाइरहेका दाङ लमही नगरपालिका-२ बस्ने वर्ष २६ का विपिन चौधरी
ताजा अपडेट
-
१.
लिङ्देनले कारबाही गरेका दुई नेताको आरोप : कुन विधान टेकेर कारबाही गरेको?
-
२.
इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु, नेपाली ब्यारेकमा पनि आक्रमण
-
३.
बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु
-
४.
गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव
-
५.
रास्वपाको सचिवालय बैठक बस्दै
ट्रेन्डिङ
सम्बन्धित समाचार
लिङ्देनले कारबाही गरेका दुई नेताको आरोप : कुन विधान टेकेर कारबाही गरेको?
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट पदमुक्त गरिएका दुई नेताले आफूहरूमाथिको कारबाही विधानसम्मत नभएको बताउनुभएको छ। स्पष्टीकरणको मौका समेत...
इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु, नेपाली ब्यारेकमा पनि आक्रमण
काठमाडौं। दक्षिण लेबनानमा शुक्रबार राति इजरायली हवाई आक्रमण जारी रहँदा १३ जनाको मृत्यु भएको छ। लेबनानी आधिकारिक स्रोतकाअनुसार संयुक्त...
इराकमा खसेको अमेरिकी सैन्य विमानमा सवार सबैको मृत्यु भएको पुष्टि
पश्चिमी इराकमा बिहीबार दुर्घटना भएको अमेरिकी सेनाको केसी १३५ रिफ्युलिङ विमानमा सवार सबै ६ जनाको मृत्यु भएको पुष्टि भएको...
काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले जारी गरेको सूचनाअनुसार गोठाटार र...




